arrow

दक्षिण कोरियन राष्ट्रपति 'पार्क'विरुद्धको महाअभियोग दुई तिहाइले पारित

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
parkgains.jpeg
एजेन्सी ।  दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हाइविरुद्धको महाअभियोग प्रस्ताव पारित भएको छ । पार्कविरुद्धको महाअभियोग प्रस्ताव दुई तिहाइले पारित भएको हो ।
 
भ्रष्टाचारको आरोप लागेकी राष्ट्रपति पार्कविरुद्ध राष्ट्रियसभामा भएको मतदानमा प्रस्तावको पक्षमा २३४ र विपक्षमा ५६ मत परेको थियो । महाअभियोगको पक्षमा  दुई तिहाइ आएपछि अब राष्ट्रपति पार्कको अधिकार निलम्बित भएको छ । 
दक्षिण कोरिया
यद्दपि  महाअभियोगको अन्तिम निर्णयका लागि भने ९ जना न्यायाधीश रहेको संवैधानिक अदालतको स्वीकृति आवश्यक लिनुपर्ने प्रवाधान  छ । संवैधानिक अदालतले ६ महिनाभित्र यस बारे निर्णय दिनसक्ने व्यवस्था छ ।
 
संवैधानिक अदालतले स्वीकृति दिए पार्कले पद छाड्नु पर्नेछ । बेलायती समाचार संस्था बीबीसीका अनुसार दक्षिण कोरियाको लोकतान्त्रिक इतिहासमा राष्ट्रपतिय कार्यकालको बीचैबाट हटाइएको यो पहिलो घटना हो । 
 
राष्ट्रपतिले लुकिछिपि आफ्नो साथी चोइ सुना सीललाई सत्ताको दुरुपयोग गर्न दिएको भन्दै देश भर प्रदर्शन हुदै आएको थियो ।उनले आफु विरुद्धको आरोप अस्वीकार गर्दै आएकी थिइन् ।   पार्क दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् ।कोरियाको पहिलो महिला राष्ट्रपति हुन् । (एजेन्सी)
दक्षिण कोरिया



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ