arrow

मुलुकलाई आर्थिक क्रान्तिको बाटोमा अगाडि बढाउनुपर्छ : नेता खनाल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1248155059.jpeg
काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ संविधानको कार्यान्वयनसँगै मुलुकलाई नवनिर्माण र आर्थिक क्रान्तिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । नेपालीहरूको महान् चाड वडादसैँ–२०७२ को अवसरमा नेपाल युथ सोसाइटीद्वारा यहाँ आज आयोजित ‘सामाजिक सद्भाव र एकता आजको आवश्यकता’ विषयक अन्तक्र्रिया, सम्मान तथा बृहत् सांस्कृतिक समारोहमा वरिष्ठ नेता खनालले करिब ६५ वर्षअघिको नेपालीको चाहना नयाँ संविधानले पूरा गरेको अवस्थामा वर्तमान राजनीतिक अस्थिरताको अन्त्य गरी विकास निर्माणमा लाग्नुपर्ने बताउनुभयो । 
 
“कुनै मुलुकले नाकाबन्दी गर्दैमा नेपालीले स्वाभिमान बेच्दैन, बरु आफ्नै मुलुकको स्रोतसाधन प्रयोग गरेर आत्मनिर्भरतातर्फ केन्द्रित हुनेछ” – उहाँले भन्नुभयो । नेपालले भारतसँग सधैँभरि मैत्रीपूर्ण सम्बन्ध राख्न चाहेको हुँदा जतिसक्दो चाँडो नाकाबन्दी खोलेर सम्बन्धलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो । वरिष्ठ नेता खनालले नयाँ संविधानको कार्यान्वयन, नाकाबन्दी र भूकम्पले निम्त्याएको चुनौतीलाई सामना गर्दै अगाडि बढ्नका लागि एमालेको नेतृत्वमा नयाँ सरकार गठन गर्न लागिएको समेत बताउनुभयो । 
 
कार्यक्रममा विभिन्न क्षेत्रबाट मुलुकको निर्माणमा पुयाएको योगदानको कदर गर्दै उच्च शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्मा, बिमा समितिका अध्यक्ष डा फत्तबहादुर केसी, नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल, दुग्ध विकास संस्थानका महाप्रबन्धक गङ्गा तिमल्सिना, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताललगायतका २१ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानितको तर्फबाट बोल्दै उच्च शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले संविधान जारी गर्नुभन्दा पनि कार्यान्वयन गर्नु चुनौतीपूर्ण हुने हुँदा कार्यान्वयनतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो । कार्यक्रममा कलाकारले नृत्य तथा विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ