arrow

हेर्नुहोस् यो साताभरी कस्तो भयो समग्र सेयरको कारोबार ?

logo
प्रकाशित २०७३ मंसिर २५ शनिबार
Share-Market-Tips.jpg.jpeg
काठमाडौं। धितोपत्र बजारमा यस साता रु तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिदबिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १५४ कम्पनीको सेयर कारोबार भएको हो । गत साता १५२ कम्पनीको रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार बराबरका ७४ लाख ६१ हजार तीन सय १० कित्ता सेयर खरिदबिक्री भएका थिए । 
 
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६ दशमलव २७ अङ्कले घटेर अन्तिम दिन एक हजार ५४४ दशमलव ६८ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५ दशमलव ३७ अङ्कले घटेर ३३४ दशमलव ४३ अङ्कमा आइपुगेको छ । 
 
यस साता कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु ३५ करोड ४४ लाख ७० हजार बराबरको कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको तीन लाख १४ हजार कित्ता सेयर खरिदबिक्री भएको स्टकले जनाएको छ ।
 
यस्तै स्टकमा नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारणतर्फ दश लाख कित्ता, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको तीन लाख ४५ हजार वोनस, मालिका विकास बैंकको सात लाख ६ हजार ८३५ वोनस, सिद्धार्थ फाइनान्स लिमिटेडको तीन लाख ५५ हजार ९५० कित्ता वोनस, रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११ लाख ५५ हजार हकप्रद र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको दश लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ