arrow

एमालेले संशोधन विधेयकलाई अनावश्यक रुपले वितण्डा मच्यायोः मधेसी मोर्चा

संविधान संशोधनमा केही लचक

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
madhesi-morcha-new.jpeg
काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्ने निष्कर्ष निकालेको छ । बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले संशोधन प्रस्ताव छलफल र सहमतिका आधारमा पारित गर्ने निर्णय गरेको हो । 
 
सरकारले संशोधन प्रस्तावलाई सहमतिका आधारमा अघि बढाएको खण्डमा मोर्चाले सहयोग गर्ने निर्णय गरेको मोर्चाको एकघटक मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । 
 
मोर्चाले संशोधनका विषयलाई लिएर नेकपा एमालेले देशमा वितन्डा मच्चाउनु लोकतन्त्र र सङ्घीय अभ्यासको बर्खिलाप भएको ठहर पनि गरेको छ । 
 
संशोधनका विरुद्ध अहिले चलिरहेको आन्दोलन उत्पीडित जनतालाई अधिकार नदिनका लागि चलाइएको वितण्डा भन्दै मोर्चाले सोको निन्दा गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ