arrow

रियल मड्रिडको कीर्तिमानी जित, जिदानको चर्चा चुलियो

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
sergio-ramos.jpeg
स्पेन । स्पेनी फुटबल लिग ला लिगामा रियल मड्रिडले कीर्तिमानी जित बनाएको छ । ३५ खेलसम्म अपराजित रहँदै रियलले आफ्नो क्लवको कीर्तिमानको बराबरी गरेको हो । सो कीर्तिमान रच्ने क्रममा शनिबार राति रियलले लिगमा डेपोर्टिभो लाकोरुनालाई ३–२ ले हरायो । 
 
The Spain defender scored a powerful header to complete a dramatic comeback as Real set new unbeaten record
खेलको अन्तिम ६ मिनेटको खेल बाँकी छँदा २–१ ले पछि परेको रियलको स्थितिलाई उल्टाउँदै ३–२ को सनसनीपूर्ण जितसंगै अपराजित यात्राले निरन्तरता पाएको हो । 
 
Alvaro Morata (right) wheels away after opening the scoring for Real Madrid in the second half
 
रियलका लागि अल्भारो मोराटा, मारियानो मेजिया र इन्जुरी समयमा कप्तान सर्जियो रामोसले गोल गरे । पराजित डेपोर्टिभोका लागि दुवै गोल जोसेलुले गरे । 
 
Real Madrid playmaker Isco (centre) dribbles with the ball under pressure from Deportivo's Sidnei Rechel da Silva Junior
 
यो जितसंगै भने फ्रान्सका प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षण चुलिएको छ । व्यवसायिक फुटबलसमेत रियलबाटै खेलेका जिदानले पाएको यो प्रशंसाले भने यसपटकको लिग रियलले नै जित्नै विश्वास गरिएको छ । 
 
Real Madrid legend and manager Zinedine Zidane reacts during the Saturday evening game at the Bernabeu
 
रियलका खेलाडीहरुलाईसमेत उनले मिलाएर लैजान सक्ने क्षमता राख्छन् । जिदानका छोरासमेत रियलमै भएकाले पनि बाबु छोराले कमाल गर्ने निश्चित छ । 
 
यो खेलमा क्रिष्टियानो रोनाल्डो भने खेलेका थिएनन् । 
 
Cristiano Ronaldo watched the game from the stands with his new girlfriend after being rested for the Club World Cup
 
यो जितसंगै रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासंग ६ अंकको अग्रता कायमै राखेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई उसैको मैदानमा लिओनल मेसीको दुई गोलको मद्धतले ३–० ले पराजित गरेको थियो । अर्को गोल लुइस सुवारेजले गरेका थिए । 
 
Ramos also scored a stoppage time goal in last week's El Clasico draw with Barcelona
 
ला लिगाअन्तर्गतका अन्य खेलहरुमा रियाल सोसिडाडले भ्यालेन्सियालाई ३(२ ले हराउँदा लास पाल्मास र लेगानेज तथा मालागा र ग्रानाडाले १(१ गोलको बराबरी खेलेका छन् ।
 
रातीका खेलपछि ला लिगाको अंक तालिकामा १५ खेलबाट ३७ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा छ ।
 
समान खेलबाट ३१ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको सेभिया २७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ