arrow

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय

अबदेखि मन्त्रीका सम्पत्ति विवरण वेबसाइटमै हेर्न पाइने

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
cabinet-sthaniye-tah-nirnaye.jpeg

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीहको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको बैठकमा सहभागि ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए ।

शर्माले हाम्राकुरासँग भने, ‘मूल निर्णय यही हो । अन्य ३६ वटा निर्णय भएका छन् । विभन्न मन्त्रालयका विभिन्न प्रस्तावहरु थिए । मेरो मन्त्रालयको सामान्य प्रस्ताव थियो ।’  सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णयसँगै अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्पत्ति विवरण वेबसाइटमार्फत् नै सार्वजनिक गर्ने बताइएको छ ।

नियमानुसार सार्वजनिक पद धारण गरेकाहरुले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्दछ । प्रधानमन्त्री र मन्त्रीहरुले १५ दिनमै सम्पत्ति विवरण सार्वजनिक गर्ने पराम्परा चलेकामा मन्त्रिपरिषद् गठन भएको चार महिना वितिसक्दा समेत सम्पत्ति विवरण सार्वजनिक हुन सकेको थिएन ।

यस्तै मन्त्रिपरिषद् बैठकले सहसचिव सुरोज पोखरेललाई सचिवमा बढुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयलले बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेकामा पोखरेल बरिष्ठताका आधारमा सचिव बढुवा भएका हुन् । ा पोखरेल, युवकध्वज जीसी र प्रकाश माथेमा सिफारिसमा परेका थिए ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले राजनीतिक पूर्वाग्रहका कारण हटाइएका शिक्षकहरुबारे जाँचबुझ गर्न पूर्वन्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ ।

मन्त्रिपरिषदले केही दिन अघि त्रिविका बरिष्ठ हाड जोर्नी रोग विशेषज्ञ गोविन्द केसीसँग भएको सहमतिको स्वामित्व ग्रहण गरी सम्झौता कार्यान्वयनका लागि कार्यविधि बनाउने निर्णय पनि गरेको छ । केसीले तीन दिन अघि मात्रै आफुसंग भएको सहमति पालना नभएको भन्दै ध्यानाकर्षण गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ