arrow

संविधान संशोधन प्रस्तावमा एमाले सहमत हुनै सक्नदैन : रावल

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
Bhim-rawal.gif.gif

डडेल्धुरा । एमाले उपाध्यक्ष भीमबहादुर रावलले वर्तमान सरकारले संविधान संशोधनका लागि ल्याएका चारवटा प्रस्तावले वर्तमान समस्याको समाधान हुन नसक्ने बताएका छन् ।

प्रेस चौतारी डडेल्धुराले गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले संशोधन प्रस्तावमा एमाले सहमत नहुने बताए । । नागरिकता, सीमाङ्कन, भाषा र जनसङ्ख्याका आधारमा भन्ने शब्द संविधान संशोधनबाट हटाई संविधानमा अरु कुराको कमी भए संशोधनका लागि एमालेले छलफल गर्न सक्ने रावलको भनाइ छ ।

‘सरकारमै संलग्न रहेका दलका नेता संविधान संशोधनको विरुद्धमा छन्’, ‘उनले भने । संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म एमाले निर्वाचनमा जान नसक्ने नेता रावलले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ