arrow

अमेरिकाले गर्ने कुनै पनि आक्रमण सहन्नौं : उन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
204938204.jpeg

एजेन्सी । उत्तर कोरियामा सत्तारुढ वर्कस पार्टीको ७०औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड भएको छ । शनिवार राजधानी प्योङयाङमा आयोजित परेडमा व्यालेस्टिक मिसायल, आधुनिक सैन्य हतियारलगायतका सामग्री प्रदर्शन भएको छ । भारी वर्षाका कारण परेड ढिलो गरी सुरु भएको थियो ।  

परेडमा पार्टीका सबै भन्दा सिनियर नेता किम जोन उन सहभागि भए । समारोहबाट उत्तर कोरियाले विश्वसामु आफ्नो एकत्रित सैन्य शक्तिको सन्देश दिन खोजेको विश्लेषण भएको छ । समारोहमा हजारौंको संख्यामा सेनाले मार्च मास गरे ।

समारोहलाई सम्बोधन गर्दै उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाले गर्ने कुनैपनि आक्रमणको प्रतिकार गर्न तयार रहेको बताए । भव्य समारोहमा उत्तर कोरियाको सबैभन्दा नजिक रहेको मुलुक चीनको कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारी सहभागी भएपनि अन्य मुलुकका भने कुनैपनि प्रतिनिधि सहभागी भएनन् ।

विश्व समुदायबाट अलग रहँदै आएको आणविक शक्ति सम्पन्न मुलुक उत्तर कोरियामा वंशजको आधारमा शासन चल्दै आएको छ । समारोहका क्रममा पत्रकारलाई समेत निकै कडाई गरिएको थियो । पत्रकारलाई नागरिकसंग भेट्न र क्यामेराम्यानलाई भिडियो रेकर्ड गर्न प्रतिबन्ध लगाइएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ