arrow

‘रइस’लाई लिएर शाहरुखको चिन्ता घट्यो; सलमानले गराए राज ठाकरेसंग सहमति

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
Sahrukh_RajThakre.jpeg
मुम्बई । बलिउड हस्ती शाहरुख खान आसन्न चलचित्र ‘रइस’लाई लिएर निकै तनावमा रहे पनि त्यसको समाधान कुनै जमानाका सबैभन्दा ठूला प्रतिद्धन्द्धी सलमान खानले सुल्झाइदिएका छन् । चलचित्रमा पाकिस्तानी नायिका माहिरा खान रहेकाले महाराष्ट्र नव निर्माण सेना (एमएनएस) ले विरोध गर्दै आएको छ । एमएनएसले माहिरा भएकैले चलचित्र चल्न नदिने बताउँदै आएको छ । 
 
तर आइतबार राति सलमानले एमएनएसका राज ठाकरेसंग भेटेर चलचित्रको प्रमोशनका लागि पाकिस्तानी नायिका सहभागी नहुने बताउँदै चलचित्रमा अवरोध नगर्न आग्रह गरे ।  अर्का बलिउड हस्ती एवं हालका समयमा शाहरुख भन्दा अगाडि रहेका सलमान खानले ठाकरेसंगको सेटिङ मिलाएका थिए । 
 
ठाकरेले ‘शाहरुख खान माहिरा खानले भारतमा चलचित्र प्रमोशन गर्न सहभागी नहुने बताए, उनीप्रति लिएका अड्कलबाजी गलत रहेछन् ।’भारतीय संचार माध्यमले शाहरुखले आफ्नो होम प्रोडक्सनमा बन्ने कुनै पनि चलचित्रमा पाकिस्तानी कलाकार नराख्ने सहमतिसमेत गरेका छन् । 
 
कस्मीरको विषयलाई लिएर भारत र पाकिस्तानबीच चिसो बढेसंगै पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न गाह्रो भइरहेको छ ।  
 
गत सेप्टेम्बर २८ तारिखमा भारत पाकिस्तान सीमामा भएको सर्जिकल स्ट्राइकपछि बसेको तिक्तताले बलिउडमा पाकिस्तानी कलाकारलाई काम गर्न हम्मेहम्मे भएको छ । कतिपय त पलायन भइसकेका छन् । शाहरुखले गरेको सम्झौतापछि रइसको विरोधमा उत्रिइसकेका राज ठाकरे पछि हटेको बताइन्छ । 
 
शाहरुखको रइस आगामी जनवरी २६ तारिखमा रिलिज हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ