arrow

हिमेश रेशमियाका सीइओले गरे आत्महत्या

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
himessboss.jpeg
मुम्बई । संगीत निर्देशक, गायक तथा बलिउड नायक हिमेश रेशमियाका म्यूजिक कम्पनीका सीइओ एन्डी सिंहले आत्महत्या गरेका छन् । एन्डीकी प्रेमिका तथा आमा संगसंगै रहेका बेलामा उनी रातिको खानापछि अचानक आफ्नो कोठामा गएका थिए । 
 
शनिबार रातिको सो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । लोखण्डवालाको फ्ल्याटमा बस्दै आएका एन्डीले पंखामा पासो लगाएर आत्महत्या गरेका हुन् । 
 
खाना खाएपछि हतारमा आफ्नो कोठामा गएपछि उनकी प्रेमिका र आमाले कोठा खोल्ने प्रयास गरेका थिए । तर नखोलेपछि छिमेकीको सहारामा ढोका फोडेर भित्र छिर्दा उनको लास पंखामा झुण्डिरहेको थियो । 
 
आत्महत्या गरेका एन्डीले कुनै आत्महत्याको नोटसमेत नलेखेको बताइृएको छ । एन्डी धेरैवर्षदेखि पारिवारिक समस्यामा रहेको बताइन्छ । एक छोरी रहेकाले उनले श्रीमतीसंग पारपाचुके नगरे पनि संगै भने बस्दैनथे । 
 
श्रीमतीबाट छुट्टै बस्न थालेपछि एन्डीले प्रेमिकासंग लिभ इन टुगेदर बस्दै आएका थिए । प्रहरीले हिमेशसंग पनि सोधपुछ गर्ने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ