arrow

बन्द भएका निजी उद्योग खोल्न सरकारले सहजीकरण गर्ने

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
nabindra-raj-Joshi-e1452343560144.jpeg

काठमाडौ । सरकारले बन्द भएका निजी उद्योग खोल्न सरकाले सहजीकरण गर्ने भएको छ ।

उद्योग मन्त्रालयले सूचना प्रकाशन गरी २१ दिनभित्र मुलुकभर बन्द भएका त्यस्ता उद्योगको विवरण लिने र त्यस्ता उद्योगहरु पुनर्स्थापित गर्न सहजीकरण समेत गर्ने जनाएको छ । मन्त्रालयले सम्बन्धित उद्योगपतिलार्इ बन्द भएको स्पष्ट कारणसहित सम्पर्कमा आउन आग्रह गर्दै त्यस्ता उद्योगको अध्ययन र मूल्याङ्कनका लागि समिति गठन गर्ने तयारी गरेको छ ।

मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री नवीन्द्रराज जोशीले पुनः खुल्ने सम्भावना रहेका बन्द उद्योगलाई सरकारका तर्फबाट भौतिक, पूर्वाधार र नीतिगत रुपमा सहयोग गरिने बताए।  मुलुकभित्रै रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई सुदृढ गर्ने योजनाका साथ मन्त्रालय अघि बढेको बताउँदै मन्त्री जोशीले भने “बन्द उद्योग खोल्न उद्यमी, स्थानीय, श्रमिक र राजनीतिक दललाई आग्रह गर्छौ ।”

साना ठूला सबै उद्योग पुनःसञ्चालन गर्न जिल्ला र केन्द्रबाट आवेदन लिइने तथा आवेदनको अध्ययन र मूल्याङ्कनपछि खोल्न मन्त्रालयले सहजीकरण गर्ने बताइएको छ ।

मन्त्रालयका अनुसार मुलुकभर निजी क्षेत्रका हजारौं उद्योग बन्द अवस्थामा छन् । मन्त्रालयले पहिलो चरणमा नेपाल औषधि लिमिटेड र हेटैंडा कपडा उद्योग आफैँ पुनः सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पु¥याएको छ । अर्को चरणमा बन्द अवस्थाका वीरगन्ज चिनी उद्योग र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिएर पुनः सञ्चालन गर्ने तयारी पनि  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ