arrow

किरात जातिको महान् पर्व उधौली पर्व

सामाजिक सदभाव दरिलो बनाउनु सबैको कर्तव्य होः राष्ट्रपति

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
ubhauli-udhauli.jpeg
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमार्फत सम्पूर्ण जनताको अधिकार सुनिश्चित गरी समृद्ध राष्ट्र निर्माणमा अगाडि बढ्न उधौली पर्वले उत्प्रेरणा मिलोस् भन्ने शुभकामना दिएकी छिन् । 
 
किरात जातिको महान् पर्व उधौली पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात जाति नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्भाव, एकता, भाइचारा एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वका माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य रहेको औँल्याइन् । 
 
असन्तुष्टिलाई संवादबाट हटाउन उपराष्ट्रपति आग्रह 
 
यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले सन्देश दिँदै किरात जातिको महान् पर्व उधौली तथा ज्यापू समुदायले मनाउने ज्यापु दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली किरात र ज्यापू दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।  
 
उपराष्ट्रपति पुनले संविधानसभाबाट संविधान जारी भइसकेको परिवर्तित सन्दर्भमा द्रुततर आर्थिक विकास, प्रगति र समृद्धि नै मुलुकको आवश्यकताका रुपमा रहेको बताउँदै संविधान कार्यान्वयनका क्रममा देखिएका असन्तुष्टि र असमझदारीलाई आपसी संवाद, सहमति र सहकार्यका माध्यमबाट हटाउँदै निर्धारित समयमा स्थानीय, प्रदेश र सङ्घ गरी तीन तहको निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयनका लागि सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । 
 
उनले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै प्रगतिपथमा अघि बढ्न सबैलाई ऊर्जा एवम् उमङ्ग प्रदान गरोस् भनी कामना गरे । 
 
समस्या आपसी संवादबाट समाधान हुन्छःदेउवा 
 
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राईलिम्बू समुदायको महान् पर्व उधौली पर्वका अवसरमा 
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई लिम्बू समुदायमा व्यक्तिगत र काँग्रेस पार्टीका तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 
 
“राई, लिम्बू समुदायले मनाउने उभौली पर्वले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको र यसले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने व्यक्त गर्दै उनले हाल मुलुकमा देखिएका समस्या आपसी संवाद, सहमति र सहकार्यका माध्यमबाट समाधान हुनेमा आफू विश्वस्त रहेको जनाए । 
 
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यस अवसरमा संविधानबाट प्राप्त उपलब्धिको रक्षा गरी सबैको सहयोगमा संविधान कार्यान्वयन गरी समृद्ध नयाँ नेपाल निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने कामना आफ्नो सन्देशमा व्यक्त गरे । 
 
यसैबीच मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक ले सांकृतिक पर्व उधौलीका अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेको छ । 
 
यस्तै नेपाल कम्युनिस्ट पार्टीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैबसल्लामको एक हजार चार सय ३८औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ