arrow

रोनाल्डोलाई चौथो पटक बालोन डे’ओर पुरस्कार, मेसी दोस्रो स्थानमा

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
ronaldo.jpeg
पेरिस । पोर्चुगिच राष्ट्रिय फुटबल टिम एवं स्पेनिश फुटबल क्लव रियल मड्रिडका कप्तान क्रिष्टियानो रोनाल्डोले चौथो पटक बालोन डे’ओर पुरस्कार जित्न सफल भएका छन् ।  फ्रान्सको पेरिसमा सोमबार राति भएको फुटबलको सबैभन्दा चर्चित पुरस्कारका लागि अर्जेन्टाइन फुटबल स्टार एवं स्पेनिश क्लव बार्सिलोनाका स्टार खेलाडी लिओनल मेसी र अर्को स्पेनिश क्लव एथलेटिको मड्रिडका खेलाडी एन्टोइन ग्रेजम्यानलाई पछाडि पार्दै रोनाल्डोले पुरस्कार जितेका हुन् । 
 
जापानमा हुँदै गरेको विश्वकप फुटबलको तयारीमा कमै सहभागी भए पनि रोनाल्डोलाई विश्वभरका चर्चित १७३ खेलकुद विशेषज्ञ पत्रकारले विजयी गराएका हुन् । 
 
मेसी दोस्रो तथा ग्रेजम्यान तेस्रो भएका छन् । 
 
३० जनाको छोटो सूची सार्वजनिक गरिए पनि तीमध्ये ११ खेलाडीले त एक भोट पनि पाएनन् । भोट नपाउने खेलाडीमा अगुएरो, डे बु्रने, दाइबाला, गुडिन, हाइगुएन, आन्द्रेस इनिस्ता, कोके, लोलिस मुलर, निउर र रामोस रहेका छन् ।  
 
३१ वर्षीय रोनाल्डोले पोर्चुगललाई युरो कप २०१६ दिलाएका थिए । त्यस्तै क्लवलाइ्र्र च्याम्पियन्स लिग पनि दिलाएका थिए । 
 
रोनाल्डो सन् २०८, २०१३ र २०१४ का पनि विजेता हुन् । 
 
लिओनल मेसीसंग पाँच पटक बालोन डे’ओर जितेको कीर्तिमान छ । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ