arrow

करणी तथा बेचबिखन मुद्दाः महिला करणीमा महिला नै पक्राउ

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
crime.jpeg
इलाम । दुई महिलालाई जबर्जस्ती करणीपछि बेचबिखन गर्न खोजेको आरोपमा इलामका तीनमध्ये दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँखेजुङ–९ का ३५ वर्षीय निमतेन्जी शेर्पा र साँखेजुङ–४ की ३६ वर्षीया कमला राईलाई प्रहरीले पक्राउ गरेको छ ।
 
२० वर्षीया र २४ वर्षीया दुई महिलालाई जबर्जस्तीकरणी गरी मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा शेर्पा र राईलाई पक्राउ गरेको हो । 
 
जबर्जस्तीकरणी गरेको भन्दै मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । घटनामा संलग्न भनिएका अर्का व्यक्ति साँखेजुङका २५ वर्षीय चेवन दाहाल भने फरार रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुँडालले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ