arrow

सन्दीपको टोली उड्यो श्रीलंका, भने–‘उच्च मनोवलकासाथ राम्रो खेल्नेछौ’

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
sandeep-ko-team-go.jpeg

काठमाडौं । १९ वर्ष मुनिको एसीसी एसिया कप क्रिकेट खेल्न नेपाली क्रिकेटको युवा टोली श्रीलंका गएको छ ।

बिहान साढे ११ बजेपछि हिमालयन एयरलाइन्सको विमानमार्फत नेपाली युवा टोली कोलम्बो उडेको हो । कोलम्बो उड्नु अघि यु–१९ टोलीका कप्तान सन्दिप लामिछानेले हाम्राकुरासँगको टेलिफोन कुराकानीमा भने, ‘हो हामी उड्ने बेला हुनै लाग्यो । हो, हो सोझै कोलम्बो जाने हो ।’

सन्दिपले भने, ‘म अहिले लामो बोल्न सक्दिन । समय छैन । हामीले भरपुर तयारी गरेका छौं । उच्च मनोवलका साथ कन्फिडेन्ट भएर खेल्छौं । हामी राम्रो गर्छौं । थ्याङक्यू ।’ यसअघि अभ्यासमै रहेकाले सन्दिपले टेलिफोन रिसिभ गरेका थिएनन् ।  

टोलीलाई सोमबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले विदाई गरेका थिए । आउँदो विहिबारदेखि पुस ८ गतेसम्म चल्ने प्रतियोगितामा नेपाली टोली राष्ट्रिय टोलिबाट विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिसकेका लेग स्पिनर सन्दिपले नै सम्हाल्ने छन् ।

समूह ए’मा रहेको नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा विहीबार आयोजक श्रीलंकासँग  खेल्नेछ । नेपाल रहेको समूह ‘ए’मा श्रीलंका, भारत र मलेसिया छन् । पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर समूह बी’मा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ