चौथो औद्योगिक क्रान्ति : कहिले र केका लागि ?

अबकाे क्रान्ति डिजिटल प्रविधि विकासकाे लागि

क्लाउस स्वाब, प्रकाशित मिति : २०७३ मङ्सिर २८ मंगलबार , २,३६७ पटक हेरिएको
तस्वीर : डब्लूइएफ
हामी अहिले प्राविधिक विकासको यस्तो चरणमा छौं जहाँ प्राविधिक क्रान्तिको यात्रा चलिरहेको छ र हामीहरु त्यसलाई किनारामा राखेर नियालिरहेका छौं । प्राविधिक क्रान्तिको त्यो यात्रा सामान्य यात्राको विपरित रहेको छ जहाँ हामी बाँच्छौं काम गर्छाै र त्यसैसँग सम्बन्धित अरु कुनै व्यवहार पनि गर्छाै । यसको सीमा, क्षेत्र र यसका अबरोधहरु पनि हामीहरुसँग नै आईरहेको हुन्छ । 
 
हामीले यो अझै पनि बुझेका छैनौ कि यस्तो व्यवहार अझै कति फैलँदै जाने हो । तर, हामी के कुरामा चाहिँ स्पष्ट छौ भने यसको अवरोध र सीमाको विषयमा जानकारी प्राप्त गर्न नसकेपनि विश्वस्तरीय नीतिहरुमा संलग्न रहेका सम्पूर्ण साझेदारहरुसँगै सार्वजनिक तथा निजी क्षेत्रदेखि प्रबुद्ध वर्गहुँदै नागरिक समाजसम्म यसको जवाफ भने एकीकृत र व्यापक रुपमा उठ्नैपर्छ । 
 
विश्वमा पहिलो औद्योगिक क्रान्तिको सुरुवात जलशक्ति अर्थात् पानीबाट निस्कने शक्तिबाट सुरु गरिएको हो । यसमा प्रयोग गरिएको मूल प्रविधि भनेको पानी तथा वाष्प शक्तिबाट यन्त्र सञ्चालन गरी गरिएको उत्पादन हो । 
 
त्यसपछि मात्रै विश्वमा विद्युतीय शक्तिको प्रयोग गरिएको हो । जुन आम उत्पादनको लागि प्रयोग गरिँदै आईएको छ । तेस्रो प्रयोगको रुपमा विभिन्न इलेक्ट्रोनिक सामानहरुका साथै सूचना प्रविधिको स्वचालित उत्पादन तर्फ विश्व अघि बढ्यो जसलाई हामी विश्वको परिवर्तनमा तेस्रो चरणको रुपमा लिन सक्दछौं ।  
 
अहिले विश्व चौथो औद्योगिक क्रान्तिको विजारोपण भएको छ र यसैलाई मलजल गर्नमा हामीहरु उद्दत छौं । अहिलेसम्म हामीले तेस्रो औद्योगिक क्रान्तिबाट पूरा गर्न नसकेका कुराहरु जुन अन्तिम शताब्दीको मध्येतिर पूरा गर्ने प्रयास गरिएको थियो त्यसैलाई हामीले अहिले पूरा गर्ने कोशिस गरिरहेका छौं । जसको विशेषता प्राविधिक मेलका कारण भौतिक, डिजिटल र शारीरिक रेखाहरुबीच अस्पष्ट खालको हुन्छ । 
 
आजको स्थानान्तरणको युगमा उक्त प्रक्रियाले तेस्रो औद्योगिक क्रान्तिलाई किन प्रवद्र्धन गर्न सकेन ? भन्ने विषयमायहाँ ३ वटा कारणहरु पेश गरिएको छ । तर, अपेक्षाकृत रुपमा चौथो तथा अर्को पृथक औद्योगिक क्रान्तिले विश्व जगतलाई ढाकेको छ । जुन हो शीघ्रता, कार्य क्षेत्र तथा प्रणालीगत प्रभाव । 
 
अहिले तीब्र रुपमा देखिएको महत्वपूर्ण खोजीको विषयलाई हेर्ने हो भने यसका ऐतिहासिक दृष्टान्तहरु भेटिने छैन । यस अघिका औद्योगिक क्रान्तिहरुसँग चौथो औद्योगिक क्रान्तिलाई तुलना गर्ने हो भने यो अन्य भन्दा बढी प्रतिपादक हुन्छ भन्न सकिन्छ ।
 
यसका अतिरिक्त पनि यसले हरेक मुलुकमा रहेको प्रायः जसो हरेक उद्योगहरुलाई विस्तारै असर पु¥याउँदै लैजाने छ र कुनै विन्दूमा पुगेर यसलाई भंग गराउन पनि सक्नेछ । जसबाट उत्पादन, व्यवस्थापन र नियन्त्रणको लागि सन्देशबाहकको रुपमा प्रयोग गरिने सम्पूर्ण पद्धतिहरु चौडाई र गहिराईमा समेत परिवर्तन हुनेछन् ।
 
चुनौती तथा अवसरहरु 
चौथो औद्योगिक क्रान्तिको पनि आ–आफ्नै स्थानमा चुनौती र अवसरहरु पनि रहेका छन् । चौथो औद्योगिक क्रान्तिले विश्वका बासिन्दाहरुको आयस्रोत बृद्धि गर्न तथा जीवनस्थर स्तरीय बनाउन महत्वपूर्ण योगदान पु¥याउँछ । चौथो औद्योगिक क्रान्तिले धेरैभन्दा धेरै मानिसहरुको पहुँच डिजिटल दुनियाँमा पु¥याउन सकिन्छ । जसका कारणले गर्दा मानिसहरु व्यक्तिगत जीवनमा समेत सहज र भरपर्दाे रुपमा कार्य सम्पादन सम्पन्न गर्न सक्छन् । 
 
कुनै गाडीको अर्डर गर्न, हवाई उठान बुकिङ गर्न, कुनै उत्पादन खरीदगर्न, गीत संगीत सुन्न, फिल्म हेर्न, तथा विभिन्न खेल खेल्न पनि एउटा रिमोर्टको सहायताले सहजै सकिन्छ । भविष्यमा यस्ता प्राविधिक आविस्कारहरुले  पारबाहनको क्षेत्रमा चाकत्कारिक कदम चाल्ने मात्रै होईन कि उत्पादकत्व र बजारको प्रभावकारीतामा समेत दीर्घकालीन फाईदाहरु पु¥याउने छ । 
 
यातायात तथा सञ्चारको लागि प्रयोग हुँदै आएको लागतमा कमि आउने छ भने व्यवस्थापकीय तथा भूगोलीय पारबाहनको श्रृङ्खला पनि बढी भन्दा बढी प्रभावकारी हुने छ । यससँगै आर्थिक विकास र व्यापारिक शुल्कमा पनि कमि आउने छ 
यससँगै यसका अन्य विभिन्न फाईदाहरु पनि रहेका छन् ।
 
अर्थशास्त्रका विद्वानद्वय इरिक ब्राइन्जोल्फेसन र एन्ड्र म्याक्फीले चौथो औद्योगिक क्रान्तिका आविस्कारहरुले माथि उल्लेखित विषय बाहेक मजदूर समस्यालाई पनि कमि ल्याउने छ । र स्वयं मजदूरहरुको कामको प्रकृति पनि विस्तारै सहज बन्दै जाने छ ।
 
यसका फाईदा मात्रै होईन यसका विविध पाटोहरु पनि छन् । जसले काममा नकारात्मक असर पनि गरिरहेको हुन्छ । कुनैपनि प्रसिधिको प्रयोगले मानिसहरु यति अल्छि बनिरहेका हुन्छन् कि उनीहरूलाई त्यही मेसिनको निरीक्षण गर्ने जाँगर पनि हुँदैन । जसले चौथो औद्योगिक क्रान्तिका कारण मानिसहरुमा बढी अल्छिपनाको विकास हुने सम्भावना पनि त्यस्तै रहेको छ । 
 
औद्योगिक क्रान्ति कहिले के को विषयमा भयो ?
औद्योगिक क्रान्तिको कुरा गर्दा अहिलेसम्म जम्मा ३ पटक विश्व्मा औद्योगिक क्रान्ति भईसकेको छ । जुन १७८४ खेअि अहिलेसम्मको अवधिमा हो । तर अहिले २१ औं शताब्दीको दोस्रो या तेस्रो दशक तिर यसको आवश्यकता महशुस गरिएको छ । 
पहिलो औद्योगिक क्रान्ति सन् १७८४ मा भएको थियो जुन वाफबाट निस्कने शक्ति, पानी तथा विभिन्न मेसिनरी सामग्रीहरुको विकास भएको थियो । त्यो बेलामा पनि यो धेरै महत्वपूर्ण विषयको रुपमा मानिएको थियो । 
 
दोस्रो औद्योगिक क्रान्ति भयो १८७० मा । जुन समयमा मजदूरहरुको वर्गीकरण, विद्युत शत्तिःको आविस्कार तथा प्रयोग र विभिन्न उत्पादनहरुको सुरूवात गरिएको थियो । त्यसपछिको औद्योगिक क्रान्ति १९६९ मा भयो । त्यसमा विभिन्न सूचना तथा प्रविधिको विकास मात्रै होईन कि विभिन्न इलेक्ट्रोनिक्स सामानको थप विकास र आविस्कार हुँदै आफैं उत्पादन हुने प्रविधिको विकास भयो ।
 
यो अब कहिले हुन्छ भन्ने कुरा यकीन त छन । तर, अब हुने चौथो औद्योगिक क्रान्ति भने पक्कै पनि डिजिटल प्रविधिको थप विकासमा केन्द्रीत हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । 
 
‌(वर्ड इकाेनाेमिक फाेरम बाट अनुवादित यस लेखका लेखक स्वाब फाेरमका स‌ंस्थापक एव‌ं कार्यकारी अध्यक्ष पनि हुन्) 
नयाँ