arrow

देश उज्यालो बनाउन बाधा गर्ने जोसुकैलाई छोडदिन : ऊर्जा मन्त्री शर्मा

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
janardanwithtoli.jpeg
पथरी (मोरङ)। ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई अध्यारोमुक्त बनाउने अभियानमा बाध गर्ने जोसुकैलाई नछाड्ने बताएका छन् । 
 
प्रेस सेन्टर मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मुलुक विद्युत्भारमुक्त भए स्वदेशमै थप उद्योगधन्दा खुल्ने, स्वरोजगारको सिर्जना हुने, युवाले विदेश जानु नपर्ने बताए । “म देशलाई अध्यारोमुक्त बनाउने अभियानमा लागेको छु अध्यारो बनाउनेलाई छोड्दिन,” उनले भने। 
 
मन्त्री शर्माले विद्युत् चोरी नियन्त्रणमा आफू पूर्णरुपले लागिपरेको बताए । विद्युत् चोरी गर्ने जो कोहीलाई पनि कारबाही गरिने उनको भनाइ थियो । पूर्वाञ्चलको विद्युतीय क्षेत्रको अनुगमनको क्रममा विराटनगर आइपुगेका मन्त्री शर्माले थप विद्युत् उत्पादन गर्ने योजना अनुरुप सरकारले काम गरिरहेको बताए  । 
 
“नेपाललाई थप १० हजार मेगावट विद्युत् आवश्यक पर्छ,” उनले भने । सुकुम्वासीका लागि एक हजार प्राधिकरणमा धरौटी राखेर मिटर लिनसक्ने व्यवस्था गरेको उनले बताए । यसअघि मिटर लिन सुकुम्वासीले दश हजार धरौटी राखेर मिटर लिने गरेका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ