arrow

फत्तेमानको स्वरमा नातीकाजीले संगीत भर्दा ‘यस्तोपनि हुँदो रै’छ ....’

सन्दर्भ : फत्तेमानकाे जन्मजयन्ति

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
Fatteman_RajBhandari.jpeg
काठमाडौं । वि संं २०१८ साल तिरको स्वर परीक्षा पास गरेपछि रेडियो नेपालमा प्रवेश गरेका एक युवा सुरुसुरुमा भजनकीर्तनको लागि धेरै सौखिन थिए । रेडियो नेपालले त्यस भन्दा अगाडि पनि धेरैलाई तालिम दिईसकेको थियो । त्यसैले रेडियो नेपालको लागि ती मान्छे पनि केही फरक थिएनन् । तिनै युवा जो भजनबाट सुरु भएको आफ्नो गायन यात्राका कारण नेपाली संगीत आकाशमा नअस्ताउने तारा बनेर गएका छन् । ती युवा थिए फत्तेमान राजभण्डारी । 
 
नेपाली आधुनिक गीतको यात्रामा एउटा ज्वलन्त, शाश्वत र अविस्मरणीय पात्रको रुपमा आफूलाई स्थापित गराउन सकेका फत्तेमानको जन्म वि सं १९९३ सालको मङ्सिर पूर्णिमाको दिन भएको हो । कुनै बेला लोकप्रियताको सीमामा पुगेर दुई सयभन्दा बढी गीत गाएका फत्तेमान 
 
राजाका पनि विश्वास पात्रको रुपमा पछिल्लो समय चिनिएका थिए । उनलाई चिन्नेहरु राजा महेन्द्रले पनि फत्तेमान राजभण्डारीका स्वरको तारिफ गर्नेगरेको बताउँछन् । फत्तेमानको स्वर सुनेर नेपालका ख्यातिप्राप्त गीतकारहरू पनि उनका पछि लाग्थे । वास्तवमा फत्तेमान शब्द र सङ्गीत छामेर मात्र गीत गाउने गर्थे । त्यसैले उनका स्वरहरूले चाँडोभन्दा चाँडो परिचित हुने मौका पाएका थिए । उनी स्वरका एउटा सशक्त पण्डित थिए ।
 
बाबु जितमान राजभण्डारी र आमा पूर्ण मायाका दुई छोरा र चार छोरीमध्ये कान्छा छोराको रुपमा जन्मिएका फत्तेमान पारिवारिक पृष्ठभूमि पनि संगीतकै रहेको घरमा जन्मिएका थिए । जसले उनलाई पनि संगीतमा नै लाग्न प्रेरित गर्यो‍ र उनको प्रख्याती पनि भयो संगीतबाट नै । यिनका बाबु पनि संगीतका सौखिन थिए । तबला बजाउँदै गीत गाउने उनका बाबुसँगसँगै पशुपतिनाथको प्राङ्गणमा भजन गाउँदागाउँदै फत्तेमान पनि गायनमा समर्पित भएको उनले आफ्नो देहावसान पूर्व बताउँने गर्दथे ।
 
फत्तेमानक बुबा अमालकोट कचहरीको हाकिम द्वारे थिए । पशुपतिमा भण्डारेको रुपमा काम गरिरहेका उनको परिवारमा व्रतबन्ध गर्दा सुपारी र दाम राखेर राजाकहाँ विन्ती गर्नुपर्ने चलन थियो । त्यही चलनअनुसार नौ वर्षको उमेरमा उनी पनि पनि व्रतबन्ध गर्नका लागि सुपारी र दाम राखेर राजाकहाँ विन्ती गर्दा उनलाई चारदिन पशुपतिको भण्डारामा लगेर राखिएको थियो भन्ने उक्तिहरु उनीसँग निकट रहेकाहरुले सुनाउने गर्दछन् । 
 
‘हे राम नाम प्रभुको, जप्दै प्राण यो जाओस’ नामक भजनबाट आफ्नो गायन सुरू गरेका उनको दुई सय भन्दा बढी गीतहरु नेपाली संगीत बजारमा पाउन सकिन्छ । ‘यस्तो पनि हुँदो रै ’छ जिन्दगीमा कै ले कै ले......कसै लाई माया गर्नु एउटा भूल गरें मैले....’ यो यादव खरेलको शब्द, नातीकाजीको संगीत तथा फत्तेमानको स्वर रहेको गीत उनको सम्भवतः सर्वाेत्कृष्ट गीति एल्वम हो भनेर मान्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ