arrow

ललितपुरका विभिन्न स्थानमा पुल बन्दै, बर्खाअघि नै सकाउने तयारी

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
bridge.jpeg
ललितपुर । वर्षाको समयमा समेत यातायातका साधन नियमित चल्न सक्ने गरी जिल्लाका विभिन्न स्थानका खोलामा मोटर चल्ने पुल निर्माण धमाधम अघि बढेको छ । यो आर्थिक वर्षमा सम्पन्न हुने गरेर टुङ्गुन खोला र कोड्कु खोलामा पुल निर्माणको काम भइरहेको छ । 
 
इकुडोल गाविसमा रहेको टुङ्गुन खोला पुलले आसपासका गाविसका बासिन्दासमेत लाभान्वित हुन सक्ने जिल्ला प्राविधिक कार्यालयले बताएको छ । 
 
कार्यरत सब–इन्जिनियर किशोर मोक्तानले उपभोक्ता समितिले पुल निर्माणको काम गरिरहेको बताए । उनले भने, “यी पुल बनेपछि हिउँदमा जसरी वर्षामा पनि यातायातका साधन चलेर स्थानीयवासीको जीवन सहज हुन सक्नेछ ।” 
 
केही समयपहिले मात्रै दलचोकी गाविसमा ठोस्ने खोलामा मोटर चल्ने पुल निर्माणको काम सकिएको थियो । गत वर्ष ललितपुरका दक्षिणी भेगका धेरै गाविस जोड्ने खानीखोला पुल निर्माण सकिएको हो । 
 
आगामी आवमा पनि पुल निर्माणको कामले निरन्तरता पाउने जिविसका योजना अधिकृत रामचन्द्र लामगादेले बताए । 
 
जिविसको पूर्वयोजना तर्जुमा बैठकले ग्रामीण क्षेत्रमा सडकसँगै विभिन्न स्थान जोड्ने पुल निर्माणको निर्णय गरेको छ । उनी भन्छन्, “आगामी वर्ष ललितपुरकै एकभन्दा बढी गाविस जोड्ने वा जिल्लालाई अरू जिल्लासँग जोड्ने पुलका योजना बन्नेछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ