arrow

एप्पल बन्यो २०१६ को उत्कृष्ट ब्राण्ड, फेसबुक उत्कृष्ट १० मा पनि परेन

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
Logo-Of-TOP-10-Brand.jpeg
काठमाडौं । एप्पल कम्पनी सन् २०१६ को उत्कृष्ट ब्राण्डको रुपमा घोषित भएको छ । २०१६मा गरिएको इन्टरब्राण्ड ¥याङ्किङले एप्पलको ‘ब्राण्ड भ्यालु’ १ सय ७८ विलियन अमेरिकी डलर सहित अग्र स्थानमा रहेको देखाएको हो । 
 
उक्त अध्ययनका अनुसार यो वर्षको दोस्रो लोकप्रिय तथा उत्कृष्ट ब्राण्डको रुपमा गुगल परेको छ । उसको ब्राण्ड भ्यालु १ सय ३३ विलियन अमेरिकी डलर रहेको उक्त अध्ययनले देखाएको छ । 
 
उत्कृष्ट ब्राण्डको तेस्रो स्थानमा निकै थोरै अंकका साथ कोकाकोला परेको छ । जसको ब्राण्ड भ्यालु जम्मा ७३ विलियन डलर मात्रै रहेको छ । त्यसपछि चौथो र पाँचौ स्थानमा परेको माईक्रोसफ्ट र टोयोटा रहेका छन् । जसको ब्राण्ड भ्यालु क्रमश ७२ र ५३ विलियन डलर रहेको छ । 
 
त्यस्तै, आईविएम कम्प्यूटर मेसिन र सामसुङ छैटौं र सातौं स्थानमा रहेका ब्राण्डहरुको रुपमा स्थापित भएका छन् । जसको ब्राण्ड भ्यालु क्रमशः ५२ र ५१ विलियन डलर रहेको छ । त्यसपछि आठौं, नवौ र दसौ नम्बरमा अनलाई सपिङ सम्बन्धि कामगर्ने अमेजन, मर्सिडिज गाडी र इलेक्ट्रोनिक सामग्री निर्माण गर्ने जेनेरल इलेक्ट्रिक परेका छन् । 
 
यिनीहरुको ब्राण्ड भ्यालु क्रमशः ५०, ४३ र ४घ विलियन डलर रहेको अध्ययनले देखाएको छ । उक्त अध्ययनका अनुसार उत्कृष्ट १० ब्राण्डमा फेसबुक भने परेको छैन । फेसबुक उत्कृष्टको १५ नंम्बरमा परेको छ । उत्कृष्ट १०० ब्राण्ड हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् । 
 The world's most valuable brands



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ