arrow

उपप्रधानमन्त्री निधि अर्बपति (विवरणसहित)

६० तोला सुन, १५० तोला चाँदी

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
nidhi-news-aa.jpeg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मन्त्रिपरिषद्मा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि अर्बपति ठहरिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा उपप्रधानमन्त्री निधि तराईको धनाड्यनै ठहरिएका हुन् ।

निधिको सम्पत्ति विवरणमा पत्नी र परिवारको नामको बाहेक ६० लोता सुन, एक सय ५० तोला चाँदी र झण्डै ११ लाख नगद देखाइएको छ । ६० तोला सुन दाइजो, पेवा र उपहार भनिएको छ भने, झण्डै ११ लाख नगद पारिश्रमिक, भत्ता, भ्रमण भत्ता, कृषि आय आदी भनिएको छ ।

यस्तै, पत्नीको नाममा हिमालयन बैंकको दुई छुट्टा छुट्टै खा १४–१४ लाख गरी साढे २८ लाख देखाइएको छ भने, १३ लाख बढी ऋण उठ्न बाँकी भनिएको छ  । यस्तै, शेयर धितोपत्र समेत देखाइएको छ ।   

जग्गाजमिनमा धनुषाका विभिन्न ठाउँमा कयौं जमिन रहेको विवरण भनिएको छ । भक्तपुरको कटुन्जेको ४ ठाउँमा  १ रोपनी १३ आना जमिन छ । केरमेट गरिएको विवरणमा जग्गा एकासगोल परिवारको नाममा भन्दै देखाइएको छ ।

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ