arrow

प्रदेश २ मा शीर्ष दलनै पुनःसंरचनाको बाधक, प्रदेश संयोजकले दिए राजीनामा

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
sunil-ranjan-singh-new.jpeg

काठमाडौं । संघीय संरचनामा सहमत दलकै सांसदहरुले असहयोग गरेपछि   पुनःसंरचना आयोगका सदस्य सुनिल रञ्जन सिंहले प्रदेश नम्बर २ को संयोजकको जिम्मेवारीबाटै राजीनामा दिएका छन् ।

सिंहले भनेका छन्, ‘अब सिंगो आयोगले नै निर्णय गरोस् भनेर प्रदेश नम्बर २ को संयोजक पदबाट राजीनामा दिएको हुँ । कयौं प्रयास गर्दा पनि वातावरण बन्न सकेन ।’ सरकारले दिएको कार्यविधि अनुसार दलीय सहमतिकै आधारमा स्थानीय तहको टुंगो लगाउनु पर्ने भएकाले असहमतिकै कारण पुनःसंरचना हुन नसकेको सिंहको भनाई छ ।

केही दिन अघि मात्रै राजधानीको एउटा होटलमा आठ जिल्लाका सांसदहरुलाई बोलाएर उनले छलफल गराएका थिए । सत्ताधारी दलकै सांसदहरुले राजधानीका होटलमा सेकुवा खाएर स्थानीय तह नबन्ने, स्थानीय तहमै गएर काम गर्नु पर्ने भनेपछि आयोग प्रयास र खर्च खेर गएको बताइएको छ ।

प्रदेश २ का ८ जिल्लाको स्थानीय तह निर्धारण नभएकै कारण संविधानले भनेको स्थानीय तहको निर्वाचन समयमा नहुने पक्का भएको छ । दलका नेताहरु पुरानै संरचनामा निर्वाचन गर्ने मनस्थितिमा पुगेका छन् । यद्यपि, सरकारले पुनःसंरचना आयोगले आफ्नो काम गरिरहने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ