arrow

विवाह बिनै 'लिभ इन' मा बस्ने करिश्माको तयारी !

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
karishma-1.jpeg
एजेन्सी । बलिउडकी पुर्व अभिनेत्री करिश्मा कपूर पुन एक पटक चर्चामा आएकी छन् ।  करिश्मा यसपटक आफ्नो प्रेमि सन्दीप तोशनीवाललाई लिएर चर्चामा आएकी हुन् । करिश्मा र सन्दीपसँगै बस्ने योजनामा रहेको बताइएको छ । दुवै बान्द्रामा एउटा सानदार घरको खोजीमा रहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार सन्दीप ठुलो र महगो  घर किनेर करिश्मा कपूरलाई  गिफ्ट दिन चाहान्छन् ।
 
 करिश्माका प्रेमी सन्दीपले श्रीमति अर्शितासँग सम्बन्ध बिच्छेद भने गरिसकेका छैनन् । उनले सम्बन्ध बिच्छेदको लागि दबाब दिने गरेको  अर्शिताले बताउने गरेकी छन् ।  अर्शिताले श्रीमान्  सन्दीप माथि आरोप लगाउदै , उनले करिश्माको लागि धोका दिएको बताएकी छन्  । करीना कपूरले आफ्नो चलचित्र ‘की एण्ड का’ को रिलीज पछि दिएको  ग्रेण्ड पार्टीमा सन्दीप मिडिया सामु पहिलो पटक करिश्मासँगै देखिएका थिए ।
 
करिश्मा कपूरको पुर्व पतिसँग सम्बन्ध बिच्छेद भइसकेको छ । दुबैको दुई सन्तान छन् । करिश्मा कपूर अहिले आफ्नो दुई सन्तानसँग बुवाको घरमा बस्दै आएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ