arrow

उपप्रधानमन्त्रीले विशिष्ठ अतिथि बन्न नमानेपछि आयोजकलाई तनाव !

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
nidhi-news-aa.jpeg
काठमाडौं । सरकारको वरियताक्रममा सबैभन्दा श्रेष्ठ प्रधानमन्त्री हुन्छन् त्यसपछि उपप्रधानमन्त्री र त्यसपछि मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको वरिष्ठता क्रममा चल्दै जान्छ । जहिलै पनि सरकारको उपप्रधानमन्त्री प्रधानमन्त्री भन्दा तल नै हुन्छ । चाहे उ जत्ति नै शक्तिशाली किन नहोस् । 
 
तर, कुनैपनि सरकारको उपप्रधानमन्त्री प्रधानमन्त्री अतिथी बनेको कार्यक्रममा जाने भन्ने कुरन सुन्न पनि सक्दैनन् भन्ने सुन्दा तपाईँलाई पनि पक्कै अचम्म लाग्न सक्छ । 
 
नेपाली काँग्रेसको तर्फबाट सरकारमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री प्रमुख अतिथीको रुपमा गएको कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा पनि जान मञ्जुर भएनन् । 
 
यस्तै भएको छ बुधबार श्रम तथा रोजगार मन्त्रालयले काठमाडौंको होटल सोल्टीमा आयोजना गरेको कार्यक्रममा । सरकारको तर्फबाट श्रम तथा रोजगार मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथीको रुपमा बोलाईएको थियो । 
 
तर, उनी सिराहा जानुपर्ने पूर्व निर्धारित कार्यक्रम रहेकोले उनी आउने भ्याउने या नभ्याउने ठेगान नभएकोले आयोजकले उपप्रधानमन्त्री समेत रहेका निधिलाई विशिष्ठ अतिथीको रुपमा बोलाउने र प्रधानमन्त्री आउन नभ्याए निधीलाई नै प्रमुख अतिथीको रुपमा बोलाउने तयारी गरेको थियो । 
 
त्यही योजना अनुरुप आयोजकमध्ये कसैले उपप्रधानमन्त्री निधीलाई निम्ता पनि गरे । तर, प्रधानमन्त्री विशिष्ठ अतिथि बन्नेगरी हो भने आफू आउन नभ्याउने जानकारी दिएपछि उनीहरु प्रधानमन्त्रीले नभ्याएको खण्डमा कसलाई प्रमुख अतिथि बनाउने भन्नेमा मंगलबार नै चिन्तित देखिन्थे । तर बुधबार कार्यक्रमको उद्घाटन भने प्रधानमन्त्रीले नै गरेका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ