arrow

हवाई आक्रमणमा परी अफगानिस्तानमा २१ को मृत्यु

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
Drone-attack.jpg.jpeg
काबुल। अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने बाल्खमा बुधबार भएको हवाई आक्रमणमा परी २१ जनाभन्दा बढीको मृत्यु भएको छ । 
 
लुकेर बसेका तालिबानी लडाकुहरूलाई लक्षित गरी सरकारी सेनाले आक्रममण गर्दा उनीहरूको मृत्यु भएको गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ । 
 
सुरक्षाकर्मीहरूले सुरक्षा कारबाहीका क्रममा तालिवानी लडाकूहरूले लुकाइराखेका हातहतियार पनि नष्ट गरेको मन्त्रालयले जनाएको छ । 
 
आतङ्कारीहरूलाई लक्षित गरी देशका अन्य ठाउँमा पनि सुरक्षा कारबाहीलाई निरन्तरता दिने गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ