arrow

स्थानीय निर्वाचन गर्न तीन दलबीच सहमति भइसक्यो : देउवा

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
Sher.jpg.jpeg

चितवन। काँग्रेस सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताएका छन् ।

काँग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम् जागरण अभियान २०७३ को उद्घाटन गर्दै देउवाले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो बीचमा गाउँपालिकाको निर्वाचन गर्न सहमति भएको बताए ।

देउवाले संविधान कार्यान्वयन गराउन तीन तहको निर्वाचन हुनैपर्ने भएकाले यस विषयमा तीन दल एकमत भएको सुनाए । मुलुक अब चुनावको दिशामा गइसकेको भन्दै देउवाले १४ महिनाभित्रमा तीन तहको निर्वाचन नभए देशमा संवैधानिक सङ्कट आउने उल्लेख गरे ।

देउवाले भने, ‘अब यसलाई कसैले टारेर टर्दैन ।’ स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन सकेर राष्ट्रिय सभा र राष्ट्रपतिको निर्वाचन हुन्छ ।

नेकपा एमालेका अध्यक्ष ओली र काँग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाले हस्ताक्षर गरे अनुरुप नै सीमाङ्कन हेरफेर गरेर संशोधन प्रस्ताव पेस गरिएको देउवाको भनाई छ ।

एमालेले प्रस्ताव पास हुने डरले संसद् चल्न नदिएको र जनता उचालेको आरोप लगाए । सभापति देउवाले संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै भनृे, ‘काँग्रेस र माओवादी संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता लिने पक्षमा छैनन् ।’

आफ्नै पार्टीभित्रको प्रशङ्ग कोट्याउँदै देउवाले अब पार्टीभित्र गुट उपगुट भन्दा पनि मूल्याङ्कनको आधारमा पार्टीका सारथीलाई अगाडि बढाउने बताए ।

काँग्रेस महामन्त्री शशाङ्क कोईरालाले देशको विगतलाई हेर्दा जुन बेला राजनीतिक स्थिरता आयो त्यतिबेला मात्रै विकास भएको बताए । उनले भने, ‘बिपीको १८ महिने सरकार र गिरिजाप्रसाद कोइरालाको नेतृत्वकालमा जे–जति नीति निर्माण र विकास भए अहिलेसम्म हुन सकेको छैन ।’  बिपी कोइरालाले नेपाललाई चिन्ने हो भने गाउँलाई हेर्नुपर्छ भनेको प्रशङ्ग कोट्याउँदै उहाँले गाउँबाट सङ्गठन सुदृढ बनाउन आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ