arrow

एसीसी यु–१९ क्रिकेट : स‌ंघर्षमा नेपाल (भिडियो लिङ्कसहित)

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
nepal-vs-sr-u-19.jpeg

काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले खराब सुरुवात गरेको छ । ५ रन बनाएको अवस्थामै नेपालको २ विकेट खस्यो । पछिल्लो समय नेपाललाई अदिल खानले सम्हालिरहेका छन् ।

नेपालको ३ विकेट पतन भइसकेको छ । कोलम्बोमा भइरहेको खेलमा नेपाल आयोजक श्रीलंकाले दिएको २२८ रनको चुनौती सामना गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २७ रन बनायो । टेष्ट मान्यता प्राप्त श्रीलंकाका लागि हसिथा बोयागोडा एक्लैले ८३ रन बनाए ।

इनिङ्को पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका लागि रविन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै स्कोर बढाए । बलिङतर्फ नेपाली युवा टोलीका कमलसिंह ऐरीले तीन, पवन सर्राफले २ तथा दिपेन्द्रसिंह ऐरीले १ विकेट लिए । २ विकेट रनआउटमा हात पर्‍यो ।

पुस ८ गतेसम्म चल्ने प्रतियोगितामा नेपालले समूह चरणमा श्रीलंकासँगै भारत र मलेसियासँग खेल्नेछ । यस्तै, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर समूह बीमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ