arrow

देशको राष्ट्रियतामा कालो बादल मडारिएको छ : चित्र बहादुर केसी

logo
नारायण रिजाल,
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
Chitra-bahadur-Kc.jpeg
 बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले देशको राष्ट्रियता, सार्वभौमकता, र अखण्ड प्रति कालो बादल मडारिएको बताएका छन । विहिबार प्रगतिशिल प्रत्रकार संघ बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै केसीले नेपालका लागि संघियता क्यान्सर रोग जस्तै भएको यसको कुनै तुक नरहेको हुनाले यसलाई खारेजी गर्नुपर्ने जरुर रहेको बताए। 
 
अहिले संघियताको विषयमा अरु दलको पनि ओठ मुख सुकेको छ , नेता केसीले’ भने अन्य दललाई पनि यो खासै स्विकार्य छैन पहिले फसेको हुनाले उम्कन नसकेको मात्र हो । आफुले सबै दलको नाडि छामेको भन्दै संघियता लागु गर्छौ भन्ने दलहरु पनि अहिले पछुताउन लागेका छन । 
 
पुर्व उपप्रधानमन्त्रि समेत रहेका केसीले सरकार भारतीय विस्तारबादको खेलौना बनेको आरोप पनि लगाए । उनले भारतीय दूतावास लैनचौरमा सेन्सर गरिएको संविधान संशोधन प्रस्ताव सरकारले ल्याएको भन्दै त्यसलाई नेपाली जनताले मान्न नसक्ने बताए । अध्यक्ष केसीले नेपाललाई विखण्डन गराउन भारतले संघीयताको गलपासो नेपाल राष्ट्रको घाटीमा झुन्डयाईदिएको जिकीर गरे । 
 
भिन्न जाति तथा समुदायले भरिएको नेपालजस्तो मुलुकमा सङ्घीयता कायम गर्न नहुने भन्दै अध्यक्ष केसीले भने – “संविधानअनुसार प्रदेशको समर्थनबिना सीमाङ्कन हुन सक्दैन, देश बचाउने जिम्मा हामी सबै नेपालीको हो राष्ट्रिय सभामा समावेशी प्रतिनिधित्वको व्यवस्था छ, त्यसैगरी भाषा र नागरिकताको विषयमा संविधान लचिलो छ ।
 
देशमा सबै नेपालीको एकतालाई कायम गराउन हिमाल, पहाड र तराईलाई एक अर्काबाट छुट्टयाउन नहुने उनको भनाइ थियो । प्रदेश नं. ५ को विषयमा भारतले पहाड र तराईलाई टुक्राएर सिक्कीममा लान खोजेको आरोप लगाए । अहिले भारतको रणनिति भनेकै पहाड र तराईलाई अलग गराउने रहेको हुनाले नेपाली जनता सजग हुनुपर्ने बताए ।  
 
संविधान संसोधनको प्रस्ताव आफुहरुलाई कुनै पनि हालतमा स्विकार्य नरहेको भन्दै नेता केसीले ठुला दलहरुले पुरानै संरचनामा स्थानिय निकायको चुनाव गछौ भन्ने कुरा राष्ट्रिय जनमोर्चालाई स्वागत योग्य रहेको बताए । राष्ट्रिय जनमोर्चाले मुलुकलाई टुक्रयाउने गरी डिजाईन अन्तर्गत संघीयता सम्बन्धी अवधारणा आएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ