arrow

एलेप्पोबाट तीन हजारभन्दा बढी सर्वसाधारण सुरक्षित बाहिर निकालिए

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
syria.jpeg
एलेप्पो । विद्रोही नियन्त्रित सिरियाको एलेप्पोमा फसेका ३ हजारभन्दा बढी सर्वसाधारणलाई बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय रेडक्रस समिति आइसीआरसीले विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा फसेकाहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ ।
 
रुसी सेनाको सहयोगमा सिरियाली सेनाले विद्रोहीको कब्जामा रहेको क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएपछि फसेका सर्वसाधारणलाई निकालिएको हो । त्यहाँ फसेका अन्यलाई पनि निकाल्ने काम भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो क्षेत्रमा विद्रोहीले करिब चार वर्षदेखि कब्जा गर्दै आएको थियो ।
 
त्यहाँका स्थानीयलाईसमेत उनीहरुले बन्धकजस्तै बनाएर राखेका थिए । रुसी रक्षा मन्त्रालयले उद्धार गरिएका घाइते, सर्वसाधारण र लडाकुलाई इदलिब प्रान्तमा राखिएको जनाएको छ ।
 
सर्वसाधारणलाई यसरी सुरक्षित बाहिर निकालिनुमा राष्ट्रपति बसार अल असादको ठूलो विजयको रुपमा विष्लेषण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ