arrow

एसिया कप यु–१९ क्रिकेटमा नेपालको भिडन्त भारतसंग हुँदै, नेपाल चमत्कारको पर्खाइमा

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
cricket-ballhitting-wickets.jpg.jpeg
कोलम्बो। श्रीलंकामा जारी एसिया कप यु–१९ क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले शुक्रबार भारतसँग खेल्दैछ । उमेर समूहको खेलमा नेपालले विश्वकपमै दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, पाकिस्तानजस्ता टिमलाई पराजित गरेको नेपालले अहिलेसम्म भारतलाई भने हराउन सकेको छैन । 
 
कुनै पनि स्पर्धामा नेपालले भारतलाई हराउन नसकेको अवस्थामा यो खेलमा जित हासिल गरे नेपालले इतिहास रच्नेछ । 
 
तर नेपाललाई जित हासिल गर्न भने सजिलो छैन । समूह ए मा रहेको नेपालले पहिलो खेलमा जित नजिक पुगेर पनि श्रीलंकासंग हारको सामना गर्नुपरेको थियो । 
 
बिहीबार भएको खेलमा नेपाल श्रीलंकासंग मात्र एक रनले पराजित भयो । दिपेन्द्र सिंह ऐरीले गरेको अलराउण्ड प्रदर्शनले नेपाललाई हेर्ने नजर नै फरक भएको छ । ऐरीले ९० रन जोड्नुका साथै एक विकेट लिएका थिए । 
 
त्यति हुँदा पनि नेपालले २२८ रनको चुनौती पछ्याउने क्रममा २२६ रनमा अलआउट भएको थियो । 
 
यता भारत भने सबैभन्दा बलियो टिम हो । पहिलो खेलमा भारतले मलेसियालाई २३५ रनले पराजित गरेको थियो । ब्याटिङ र बलिङ दुवैमा सशक्त भारतलाई जित्न सजिलो नभए पनि क्रिकेटमा यसै भन्न सकिन्न । 
 
त्यही यसै भन्न नसकिने अनुमानले नेपालले जिते आश्चर्य नमाने हुन्छ । सेमिफाइनल प्रवेशका लागि पनि नेपाललाई भारतमाथि जित हासिल गर्नुपर्ने जरुरी छ । 
 
आठ टोली सहभागी प्रतियोगिताको समूह ए मा नेपाल, भारत, श्रीलंका र मलेसिया छन् । अर्को समूहमा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर छन् । पाकिस्तान र बंगलादेशले विजयी सुरुवात गरेका छन् । 
 
शुक्रबारका खेलमा श्रीलंका र मलेसिया, अफगानिस्तान र पाकिस्तान तथा सिंगापुर र बंगलादेश पनि भिड्दै छन् ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ