arrow

कर्मचारी संगठन ओली प्यानलको पोल्टामा (नामावली सहित‌)

अध्यक्ष र बरिष्ठ उपाध्यक्ष ओली पक्षको हुँदा धेरै पदाधिकारी नेपाल पक्षका छन्

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
Karmachari-Umal.jpeg

काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी स‌ंगठनको १० औं राष्ट्रिय अधिवेशनमा ओली पक्षीय उम्मेदवार एवं निवर्तमान वरिष्ठ उपाध्यक्ष केदारप्रसाद देवकोटा अध्यक्षमा चुनिएका छन् । शुक्रबार विहान आएको मत परिणामबाट उनी नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् । 

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी मोहन कुमार घिमिरेलाई २४ मतले पराजित गरेका हुन् । उनको कूल ३ सय ७१ मत आएको छ । त्यस्तै, संगठनको वरिष्ठ उपाध्यक्षमा पनि ओली पक्षीय उम्मेदवार लेखनाथ कोइरालाले नै विजय हाँसिल गरेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी इश्वरी प्रसाद ढकाललाई १ सय २० मतले पराजित गरेका छन् । 
 
महासचिवमा घिमिरे प्यानलका रेवन्त गौतमको विजयी भए । उनले ४ सय ६ मत ल्याए ।  उनको प्रत्यासी गंगा सुनुवारले ३ सय ५ मत ल्याए ।अन्य केन्द्रीय सदस्य तथा पदाधिकारीहरुमा समेत बराबरी संख्यामा उम्मेदवारहरु रहेको बताईएको छ । हेर्नुहोस् कुन् पदमा कसले कति मत प्राप्त गरे भन्ने विवरण ः 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ