arrow

यु-१९ एसिया कप क्रिकेट:भारतद्वारा नेपाल ६ विकेटले पराजित

प्रतियोगितामा नेपालको यात्रा समाप्त

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
nepal-cricket.jpeg
काठमाडौं। श्रिलंकामा जारी    यु-१९ एसिया कप क्रिकेट प्रतियोगीतामा नेपाल भारत सँग ६ विकेटले पराजित  भएको छ।  कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा  टस जित्दै ब्याटिङ्ग रोजेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै  १ सय ७२ रनको मध्यम रनको योगफल तयार पारेको थियो।खेलमा   ५१ रनमा सुरुवाती ५ विकेट  गुमाएर दबाबमा परेको नेपालको पारीलाई  दिपेन्द्र तथा रोहितले  सम्हालेका थिए।
  प्रतियोगितामा बलियो मानिएको भारतसामू  नेपाललाई सम्मानजनक स्कोर खडा गर्ने क्रममा  रोहित पौडेललले २ छक्का र सात चौका प्रहार गर्दै  अविजित   ६८ रनको योगदान  गरे।उनले भारतका बलर कमलेश नगरकोटीको अन्तिम ओभरमा २ छक्का र तीन चौका प्रहार गर्दै २४ रन जोडेका थिए। त्यसैगरि नेपालका लागि  दिपेन्द्र ऐरीले ३४ रन तथा आसिफ शेखले १८ रन बनाएका थिए। 
बलिङ्गतर्फ भारतकालागि राहुल चहरले ५ विकेट लिएका थिए। उनले नेपालका पहिलो ४ ब्याट्सम्यामलाई प्याविलियनको बाटो देखाएका थिए भने कप्तान सन्दिप लामिछानेको विेकट पनि उनले हात पारेका थिए। 
 
१ सय ७३ रनको विजयी  लक्ष्यसाथ जबाफी ब्याटिङ्गमा उत्रिएको भारतले ३३ ओभर ३ बलमा ४ विकेट गुमाउदै विजयी  लक्ष्य भेट्टायो उसका लागि हिमांशु रानाले ५१ तथा सुबमान गिलले ५७  रन बनाए।भारतीय ब्याट्सम्यान सामु नेपालका पवन सर्रफ बाहेक अन्य कुनै पनि बलर खुलेर खेल्न सकेनन् । नेपालका लागि पवन सर्रफले ३ तथा सन्दिप लामिछानेले १ विकेट हात पारे। 
 
यो हारसँगै नेपालको जारी प्रतियोगिताबाट बाहिरिएको छ। नेपाल रहेको समुह 'ए' मा भारत तथा श्रिलंका समान २-२ जित सहित क्रमश पहिलो तथा दोस्रो स्थानमा रहदै एक खेल अगावै सेमीफाइनलमा प्रवेश गरेका छन्। नेपालले प्रतियोगिताको अन्तिम खेल आईतबार मलेसियासँग खेल्ने छ।
  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ