arrow

तरकारी बजारमा हिँडिरहेकालाई समात्दा चरेश फेला पर्‍याे

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
charesh.jpeg
काठमाडौं । शुक्रबार प्रहरीले काठमाडौंको कालिमाटी तरकारी बजारमा हिँडिरहेका एक युवालाई पक्राउ गर्दा ठूलो परिमाणमा चरेश भेटिएको छ । तरकारी बजारमा शंकास्पद ढङ्गले हिँडिरहेका मकवानपुर टिस्टुङका सुजन तामाङलाई प्रहरीले पक्राउ गरी खानतलासी गरेको थियो । 
 
उनको साथबाट ४ सय ७० ग्राम गाँजालाई शुद्धीकरण गरी चरेश बनाउन लागेको पोलेण्ड बरामद गरेको छ । पछि उनको डेरामा गएर खानतलासी गर्दा कूल ८ केजी २ सय १० ग्राम पोलेण्ड बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालिमाटीका डिएसपी नवराज अधिकारीले जानकारी दिए ।
 
उनको साथबाट एउटा सामसुङ मोबाईल र ५ हजार रुपैयाँ नगद पनि बराजद गरिएको र उनीमाथि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ