arrow

जङ्गी अड्डामा नालापानी युद्ध

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
Battle-of-Nalapani-or-Khalanga.jpeg
काठमाडौँ। नेपालको एकीकरणको वीरगाथा जोडिएको “कथा नालापानीको” नामक वृत्तचित्रको सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार पहिलो प्रदर्शनी गरिएको छ । 
 
नेपालको एकीकरणमा खास गरी नालापानी किल्ला वरिपरिको सेरोफेरोमा भएको लडाईंलाई केन्द्रित गरेर तयार गरिएको उक्त चलचित्र ‘नेफाज’ नामक संस्थाले निर्माण गरेको हो । महिला, बालबालिकासहित सानो सङ्ख्यामा वीर बलभद्र कुवरको नेतृत्वमा रहेको नेपाली फौजले अत्याधुनिक हतियार बोकेका ठूलो सङ्ख्याका अङ्ग्रेज फौजलाई नालापानीको लडाईंमा आछुआछु बनाएको थियो । 
 
नेपाली जनताले खडा गरेको नालापानी किल्ला आक्रमण गर्ने क्रममा गोराका लागि त्यो कब्जा गर्न निकै महँगो सावित भएको थियो । नालापानी युद्ध किन भयो, त्यसबाट नेपालले के पायो, के गुमायो भन्नेबारे चलचित्रले युवापुस्तालाई जानकारी गराउन योगदान पुग्ने आयोजकले विश्वास लिएका छन् । 
 
चलचित्रले नेपालको एकीकरणमा सबै जातजातिको समान योगदान रहेको तथा कसैले पनि राष्ट्र र राष्ट्रियताप्रति सम्झौता नगरेको कुरा स्पष्ट रुपमा देखाउन खोजिएको छ । महिला, बालबालिकासहित ६०० को सङ्ख्यामा रहेका गोर्खाली फौजले शत्रुपक्षले पानीको मुहान काटिदिएपछि चार दिनसम्म पानीसमेत नखाएर युद्ध लडेका थिए । नेपालको एकीकरणको इतिहासमा नालापानीको युद्ध निकै प्रख्यात रहेको छ । 
 
युद्धका क्रममा अङ्ग्रेज फौजले किल्लालाई घेराबन्दी गरेर प्रवेश गर्दा दुई बालिका रोइरहेका, एक नाबालक घाइते आमाको दूघ चुसिरहेका, एक युवक र एक युवती घाइते अवस्थामा छट्पटाइएको विवत्स दृश्य देखिएको पक्षलाई चलचित्रमा उल्लेख गरिएको छ । 
 
उक्त चलचित्रको प्रथम प्रदर्शनीको प्रधानसेनापति राजेन्द्र क्षत्रीले शुभारम्भ गर्नुभएको थियो । नेपाल र अङ्ग्रेजबीचको युद्ध भएको २०० वर्ष पुगेको सन्दर्भ पारेर चलचित्र निर्माण गरिएको हो । नालापानीको चौथोपटकको युद्धमा अङ्ग्रेज फौजले किल्ला कब्जा गरेका थिए । चौथो आक्रमणमा अङ्ग्रेज पक्षका ६९ जनाको मृत्यु हुनुका साथै ६०० घाइते भएका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ