arrow

परिमार्जन सहितको संविधान संसोधन : अध्यक्ष यादव

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ पुष २ शनिबार
yadav-at-kapilbastu.jpeg
 कपिलवस्तु । संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हालको समस्या समाधान र संबिधानको सर्वस्विकार्यताको लागी परिमार्जन सहित संसोधन आवश्यकता रहेको बताएका छन । संघिय प्रेस फोरम कपिलवस्तुले तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सो बिचार व्यक्त गरेका हुन‍् ।
 
 सो अवसरमा बोल्दै नेता यादवले संबिधानले मधेसी, आदीबादी जनजाती, दलित, मुस्लिम, थारु लगायतका अल्प संख्यक समुदायको अधिकार सुनिश्चित गरि संघिय प्रणाली र समावेशी लोकतन्त्रलाई मजुबुद बनाउनुका साथै सबैको पहिचानको स्विकार्यता र संबिधानका कमी कमजोडी सगै बिभेदकारी प्रावधान हटाउनका लागी समेत संबिधान संसोधन र पुर्नलेखन आवश्यक रहेकोमा उनले जोड दिए । 
 
बिगतमा आन्दोलनमा हुदाँ संसदबाट समस्या हल गर्न सुझाव दिने एमाले नेतृत्व अहिले सडकमा जादा अचम्म लागेको उनले बताए । हालको समस्या सडकबाट समाधान नहुने बताउदै आफुहरु समाधान सडकबाट वा साँसदबाट खोज्ने बिषयको प्रश्नमा अल्झिएको उनले बताए । हालको समस्या साँसदबाट हल नभए यो संबिधानको औचित्यनै सकिने उनले बताए । सडकबाट समाधान खोजिए नयाँ संबिधान बनाउनु पर्ने बताउदै सँसदबाटै समाधान खोजिने भए प्रस्तुत गरिएको बिधेयकलाई परिमार्जन गरि समस्या समाधान गर्नु पर्नेमा उनले जोड दिए ।
 
 एमाले नेताको अभिव्यक्तीले राष्ट्रिय एकतालाई कमजोड गरि बिखण्डनलाई प्रोत्सहित गरेको उनले आरोप लगाए । राष्ट्रिय समस्याको समाधान नगरि स्थानिय निकायको निर्वाचनले कुनै हल नदिने उनले बताए । पुरानै संरचनाका आधारमा निर्वाचनमा जान खोज्नु संघियतालाई कमजोड बनाउनु भएको बताउदै स्थानिय निकायको निर्वाचन दलगत गर्न नहुने उनले सुझाव दिए । 
 
हिजो संविधान घोषणा गरेका दलहरुले नै सविधान संसोधन गर्नुपछ भन्ने धारण आएको अव संविधान तत्काल संसोधन गर्नु पर्ने बताए । आन्दोलन हामिले ६ महिना सम्म गरेका हौ । अहिले सरकारले ल्याएको संविधान संसोधन विधेयको विरुद्धमा एकाले छ त्यो विधेयक र आन्दोलनको कनै तुक छैन तर्सथ परिमार्जन सहितको संविधान ससंसोधन विधेयक दर्ता गराई संसद वाट नै निकास निकालै यादवले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ