arrow

सांसद अर्यालले गरे सन्थाल जातीलाई सहयोग

logo
कुमोद अधिकारी.
प्रकाशित २०७३ पुष २ शनिबार
santhal-lai-sahayog.jpeg

विराटनगर । सन्थाल जातीहरुको संस्कृति जगेर्नाका लागि भन्दै क्षेत्र नम्बर ५ का सांसद अमृत अर्यालले साँस्कृतिक पोशाक हस्तान्त्रण गरेका छन् । मझारे–३ को दुर्गा माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा सांसद अर्यालले सन्थाल जातीको २४० थान पोशाक टोलका प्रमुखहरुलाई हस्तान्तरण गरे ।

कार्यक्रममा सन्थाल जातीबाट गत वर्ष एसएलसी परीक्षा उत्तिर्ण गर्ने तीनजना छात्रालाई प्रोत्साहनका लागि साइकल समेत उपहार दिइयो । भातीगछ–५ निवासी लक्ष्मी मुर्मु, मझारे–७ निवासी रेगिता हेमरम र सिसवनी जहदा–८ निवासी विभुती मुर्मुले साइकल पाएका हुन् ।

सन्थाल जातीमा एसएलसी उत्तिर्ण गर्दा उत्कृष्ट अंक ल्याएको भन्दै प्रोत्साहनका लागि साइकल प्रदान गरिएको जिल्ला सदस्य नवराज पाण्डेले बताए । कार्यक्रममा सांसद अर्याल सन्थाल जातीको विकासमा सहयोग गरेकामा सम्मानित भए । सोही क्रममा सांसद अर्यालले सन्थाल जातीको विकासमा निरन्तर लागिपर्ने प्रतिवद्धता पनि जनाए ।

सन्थाल जातीका अगुवा डा.श्यामलाल हेमरमले जुनसुकै सरकार आएपनि सन्थाल समुदायको विकासमा सहयोग गर्ने नेतृत्वलाई स्थापित गराउन आफ्नो समुदाय लागिपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ