arrow

गीतासार : इन्द्रीयहुँदै मनसम्म पुगेपछि सकिन्छ शब्दको अस्तित्व

logo
कल्की अवतार,
प्रकाशित २०७३ पुष २ शनिबार
GEETA-SAR.jpeg
काठमाडौ । पूर्वीय दर्शनले मान्ने एउटा मूल सत्य कुरा के हो भने मानिसको शरीरमा ५ वटा ज्ञानेन्द्रीय र ५ वटा कर्मेन्द्रीयहरु रहने गरेका छन् । रुप, शब्द, गन्ध, स्पर्श र रस ५ वटा ज्ञानेन्द्रीयहरु हुन् भने हात, पाउ, वाणी, मलद्वार र प्रजनन्को इन्द्रीयहरु ज्ञानेन्द्रीयहरु हुन् । 
 
मनलाई शरीरको ११ औं इन्द्रीयको रुपमा मान्ने गरिएको छ । जसले ज्ञानेन्द्रीय र कर्मेन्द्रीयहरुकोबीच नियामक निकायको रुपमा काम गरिरहेको हुन्छ । मनलाई शरीरको नियामक निकाय यस कारण भनिन्छ कि शरीरका यी इन्द्रीय र कर्मेन्द्रीयहरुले दुख पाउने या सुख पाउने भन्ने कुरा मनकै हातमा हुन्छ । 
 
पूर्वीय दर्शन भन्छ मानिसको मन संसारको सबैभन्दा अशान्त चीज हो । यही अशान्त मनको कारण मानिसहरु एउटा भए अर्काे अर्काे भए अर्काै गरीगरी सधैंभरी नयाँ नयाँ कुराको खोजीमा भौतारिईरहेको हुन्छ । 
 
यही अशान्त मनलाई नियन्त्रण गर्नको लागि गीतामा योगको कुरा उल्लेख गरिएको छ । यही अशान्ति हटाउनको लागि नै योगको व्यवस्था गरिएको पूर्वीय दर्शनका ज्ञाताहरु बताउँछन् । गीताको सार पनि के रहेको छ भने हामीले दुख पाएर इन्द्रिीयहरुलाई समस्यामा पार्ने होईन कि मनलाई विविध माध्यमबाट नियन्त्रण गरेर इन्द्रीयहरुको भोग गर्नुपर्र्छ । 
 
मनको एउटा प्रमुख काम मन एवं भाषाको जन्म दिनु हो । भाषा र मनको अन्योन्याश्रित सम्बन्ध रहेको छ । हामी मनमा कुनैपनि कुरा सोच्छौ भने त्यहाँ भाषाको आवश्यकता अवश्य पर्छ नै । कुनैपनि भाषा विना नै सोचि हेर्नूस् त केही कुरा के हुन्छ परिणाम ।
 
गीताको उपदेश अर्काे पनि के छ भने हामीहरु शब्दबाट माथि उठ्नु छ । हामी धार्मिक ग्रन्थको चाहिँ सबै कुरा पालना गर्नुपर्छ भन्छौं तर, ती सबै पालना गर्नु समयानुसार सम्भव नहुन पनि सक्छ । बुद्धिको स्थान मनको माथि हुन्छ । मन शब्दसँग अन्योन्याश्रित सम्बन्धमा हुन्छ भने बुद्धि शब्दभन्दा माथि हुन्छ । किनभने बुद्धिले का मगर्ने अवस्थामा पुगिसकेको मान्छे शब्दको व्यवधान विना नै सत्यको सीधा साक्षत्कार गरिरहेको हुन्छ ।
 
त्यसैले गीतामा उल्लेख गरिएको छ कि हामी मन जो इन्द्रीयहरुको नियामक निकायको रुपमा रहेको छ त्यसलाई मात्रै नियन्त्रणमा राखेर सफलताको शिखरमा पुग्न सक्दैनौं । किनकी मनलाई पनि नियन्त्रण गर्ने अर्काे नियामक निकाय बुद्धि छ । त्यसैले हामी इन्द्रीयहरुलाई मनले नियन्त्रण र मनलाई बुद्धिले नियन्त्रण गरेर मात्रै कुनैपनि लक्ष्यमा पुग्न सक्दछौं । गीताले तोकेको मन भाषा र परमात्माको चर्चा आगामी अंकमा प्रकाशित गरिने छ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ