arrow

अमेरिकी ड्रोन फिर्ता गर्न चीन तयार, चीनमाथि चोरीको आरोप

logo
प्रकाशित २०७३ पुष ३ आइतबार
drone.jpeg
काठमाडौं । चीनको दक्षिणी सागरमा प्रवेश गरेको अमेरिकी समुद्री ड्रोन फिर्ता गर्न चीन तयार भएको छ । गत बिहीबार चीनले सो ड्रोन नियन्त्रणमा लिएको थियो ।
 
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दुई देशबीचको छलफलपछि चीन ड्रोन फिर्ता गर्न सहमत भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
 
चीनले किन त्यो ड्रोन नियन्त्रणमा लिएको थियो भन्नेबारे केही खुलेको छैन । तर अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चीनले अमेरिकी समुद्री ड्रोन चोरेको भन्दै सोसियल मिडियामा ट्वीटका गरेका थिए । अमेरिकी विश्लेषकहरुले भने ट्रम्पको त्यही ट्वीटले काम गरेको विश्लेषण गरेका छन् । 
 
ट्रम्पले चीनले चोरेको ड्रोन हामीलाई चाहिंदैन भन्दै चर्को आलोचना गरेका थिए । चीन र अमेरिकाबीच लामो समयदेखि गम्भीर सैन्य विवाद चल्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ