arrow

महावीर पुनको सपना साकार हुँदैः आविष्कार केन्द्रका लागि साढे पाँच लाख सङ्कलन

logo
प्रकाशित २०७३ पुष ३ आइतबार
mahabir-pun.jpeg
बेनी । म्याग्दीको राम्चे र हिस्तान गाविसका बासिन्दाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका लागि पाँच लाख २७ हजार रुपैयाँ सङ्कलन गरेका छन् । म्याग्दीको राम्चेमा जन्मिएका महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको अभियानमा जुटिरहेका बेला गाउँलेले उनको अभियानलाई सफल बनाउन सो रकम सङ्कलन गरेका हुन् । 
 
आविष्कार केन्द्रका लागि राम्चे गाविसबाट रु तीन लाख सङ्कलन भएको छ भने हिस्तानबाट करिब रु साढे दुई लाख सङ्कलन भएको छ । 
 
गाविसका समाजसेवी, आमासमूह, क्लब, विद्यालयका शिक्षकले आफ्नो तलबको केही रकम आविष्कार केन्द्रका लागि सहयोग गरेको आदर्श माविका स्रोतकेन्द्रका स्रोत व्यक्ति एवम् अभियानका संयोजक भरतकुमार पुनले जानकारी दिए । 
 
राष्ट्रिय आविष्कार केन्द्रका लागि अझै गाउँबाट सहयोग आउने कार्य भइरहेको हुनाले सहयोग बढ्ने संयोजक पुनले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ