arrow

एसीसी यु–१९ एसिया कप क्रिकेटः नेपाल र मलेसिया मैदानमा

नेपालका लागि प्रतिष्ठाको लडाइँ

logo
प्रकाशित २०७३ पुष ३ आइतबार
cricket-ballhitting-wickets.jpg.jpeg
कोलम्बो । श्रीलंकामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले मलेसियासंग खेलिरहेको छ । समूह चरणबाटै बाहिरिइसकेको अवस्थामा नेपालका लागि यो खेललाई प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको छ । 
 
खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ । नेपालले सुरुवातदेखि नै कसिलो बलिङ गरिरहेको छ । नेपालले यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गर्दागर्दै पराजयको सामना गर्नुपरेको थियो ।
 
नेपाल श्रीलंकासंग मात्र एक रनले पराजित भएको थियो भने भारतसंग चार विकेटले पराजित भए पनि खेलमा निकै सुधार गरेको थियो । श्रीलंकाविरुद्धको खेलमा दीपेन्द्र सिंह ऐरीले ९० रनको इनिङ खेलेका थिए ।
 
त्यस्तै भारतविरुद्धको अन्तिम ओभरलाई अविश्मरणीय बनाउने क्रममा रोहितकुमार पौडेलले अविजित रहँदै ६८ रन बनाएका थिए । उनले अन्तिम ओभरमा दुई छक्कासमेत प्रहार गरेका थिए । 
 
भारत विरुद्धकै खेलमा नेपालले अहिलेसम्मकै सर्वाधिक ९ विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो । यसअघि यु–१९ मा नेपालले १६९ रनमात्र बनाउन सकेको थियो । 
 
समूह चरणबाट बाहिरिए पनि यो समूहमा कमजोर प्रदर्शन गरेको मलेसियालाई हराएरै नेपालले श्रीलंका यात्रा सकाउन चाहन्छ । मलेसियाभन्दा नेपाल बलियो मानिन्छ । 
 
नेपाल रहेको समूह ए बाट नेपाल र मलेसिया बाहिरिदा भारत र श्रीलंका सेमिफाइनलमा पुगेका छन् । समूह विजेताका लागि अहिले भारत र श्रीलंका भिडिरहेका छन् । 
 
त्यस्तै समूह बी को भिडन्त रोचक भएको छ । बंगलादेश सेमिफाइलनमा पुगिसकेका अवस्थामा आइतबारका खेलबाटै अर्को टिमको टुंगो लाग्नेछ ।
 
अहिले पाकिस्तान र बंगलादेश तथा अफगानिस्तान र सिंगापुर भिडिरहेका छन् । पाकिस्तान र अफगानिस्तानले एक एक खेल जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ