arrow

यी हुन् २०१७ मा अर्थतन्त्रको ५ प्राथमिकताहरु, पूरा होला महत्वाकांक्षी लक्ष्य ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ पुष ३ आइतबार
Cz4zNC6UoAAfjAv.jpeg
काठमाडौं । २०१६ को अन्तिम समय गुज्रनै लाग्दा अब विश्वको अर्थतन्त्र कता तिर जाला भन्ने बहसमा विश्व अर्थतन्त्रका हस्तीहरु व्यस्त छन् । २०१७को लागि प्राथमिकतामा धेरै चिजहरु रहेका छन् । तर यो वर्ष कुन् कुराले मुख्य प्राथमिकता पाउला ? यो जिज्ञाशा र्थतन्त्रमा चासो राख्नेहरुको स्वभाविक प्रश्न बन्न सक्छ । 
 
विश्वका अर्थशास्त्रीहरुले २०१७ लाई अर्थतन्त्रको हिसावले एउटा क्रिटिकल समयको रुपमा लिएका छन्् । सम्मेलनमा अबको वर्ष भन्दा अहिले भन्दा पनि बढी महत्वपूर्ण रहेको निष्कर्ष आर्थिक क्षेत्रका विज्ञहरुले गरेका छन् । उनीहरुले अबको समयलाई विविध चुनौतीहरुको समय भनेर पनि विश्लेषण गरेका छन् । 
 
विश्व आर्थिक मञ्चले गरेको सम्मेलनको अवसरमा विश्वका विभिन्न मुलुकहरु अब महत्वपूर्ण ५ वटा विषयमा केन्द्रीत हुनुपर्ने निष्कर्ष निकालेको थियो भने यो संवेदनशील समयमा राजनीतिक दलका नेताहरु पनि जिम्मेवार हुनुपर्ने निष्कर्ष पनि निकालेको थियो ।   
 
१ चौथो औद्योगिक क्रान्तिको लागि तयार
हामी अहिलेको यस्तो समयमा छौं कि आधुनिक प्रविधिको विकास विना कुनैपनि काम सम्भव देखिँदैन । हामीले प्रविधि र मानवतावादको शरणमा जानु भनेको विश्वका कामदार, रोजगारदाता र समग्र अर्थतन्त्रमा नै दीर्घकालीन प्रभाव पार्नु हो । हामी कसरी आफ्नो तर्फबाट यसलाई परिवर्तन ल्याउन सक्छौं ? यो नै अबको सबैभन्दा महत्वपूर्ण विषय हो । 
 
२. शासनमा विश्वव्यापीकरण र अन्तराष्टिय समन्वयमा बढोत्तरी
अहिले मुलुकमुलुकबीच भाइचाराको भन्दा पनि दुस्मिनीपूर्ण व्यवहार रहेको देखिन्छ । जुन क मगर्नु २०१७ को मुख्य आवश्यकता र चुनौती पनि हो । 
 
हामीले यो पृथ्वीमा पद्धति बसाल्नको लागि एक आपसमा विभिन्न राष्ट तथा सरोकारवालाहरुले सहयोग गरेका थिए । जुन पुराना सभ्यता निर्माणको इतिहासमा पनि देख्न सकिन्छ । त्यसैगरी हामीले पनि अब कसरी गतिशील र सबै सम्मिलित पद्धतिको विकास गरी विश्वव्यापीकरणको प्रभावलाई व्यवस्थापन गर्न सकिन्छ ? भन्ने विषयमा पनि महत्वपूर्ण कदम चाल्नुपर्ने देखिन्छ । 
 
३. विश्वको आर्थिक बृद्धिलाई पुनर्जीवन दिनु 
जब कुनै ठाउँमा स्थायी रुपमा न्यून आर्थिक बृद्धिदर रहन्छ त्यसले सँगै जीवनस्तरलाई पनि स्थायी रुपमा न्यस्न नै बनाईराखेको हुन्छ । त्यस्तै, हामीलाई अबको केही दशकमा नै अरबौंको रोजगारी आवश्यक पर्ने निश्चित छ । किनकी जनसाख्यिकीय परिवर्तनसँगै रोजगारीको माग पनि बढ्दो छ ।
सोही समयमा हामीले संयुक्त राष्टसंघको च्रिुस्थायी विकास लक्ष्य पनि भेट्नु नै छ । त्यससँगै हामीसँग विश्वव्यापी जलवायू परिवर्तनसँग लड्नुपर्ने चुनौती त बाँकी नै रहेको छ । यस्ता विविध चुनौतीहरुका बाबजूत पनि हामी कसरी अर्थतन्त्रलाई पुनर्जीवन दिनसक्छौं त ? यो हामीहरुको लागि विशेष चुनौतीको विषय हो । 
 
४. पुँजीवादी बजारको सम्भावना 
तात्कालीन सोचका आधारमा भन्ने हो भने व्यक्तिगत फाईदाको लागि मात्रै गरिने व्यवहार र भ्रष्टाचारका् कारणले अहिले विश्वका अधिकांश मुलुकहरुको व्यवसाय र समाजबीच जोखिमपूर्ण सम्झौता हुने गरेको छ । हामीले मानिसमा स्फूर्ति पैदा गरेर स्वरोजगारी बन्दै पुँजीवादी बजारको विकास कसरी गर्न सक्छौं ? 
 
५. नयाँ इतिहासको माध्यमबाट सकारात्मक पहिचानको विकास
विश्वव्यापीकरणले गर्दा विश्व यति सानो र कठिन भईसकेको छ कि धेरैले यही विश्वव्यापीकरणकै कारणले आफ्नो संस्थागत विश्वनियता नै गुमाईसकेका छौं । यतिमात्रै होईन कि हामीले आफ्नो भविष्यप्रति समेत विश्वास गर्न छाडिसकेका छौ । यस्तो अवस्थामा हामी कसरी आफ्नो भविष्यप्रति भरोसा गर्ने र कसरी यसबाट प्रेरणा लिने ? हामी यस्तो अवस्थामा कसरी हाम्रो भविष्य कसरी बनाउँन सक्छौं ? त्यसैले हामी यही वर्ष नयाँ इतिहासको माध्यमबाट सकारात्मक पहिचानको विकास गर्नुपर्ने अवस्था रहेको छ । 
 
माथि उल्लेखित विषय विश्वको कुनैपनि मुलुक विशेषको लागि नभई सम्पूर्ण विश्वको लागि तय गरिएको विषय हो । त्यसैले नेपालले पनि यस तर्फ सकारात्मक कदम चाल्नु आवश्यक देखिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ