arrow

माछापुच्छ्रे बैंकले २० दशमलव ७५ प्रतिशत बोनस सेयर दिने

logo
प्रकाशित २०७३ पुष ३ आइतबार
machha.jpeg
काठमाडौं । माछापुच्छ्रे बैंकले गत असार मसान्तसम्मको चुक्ता पुँजीलाई आधार मानेर २०।७५ प्रतिशत बोनस सेयर दिन लागेको छ। तर ५० हकप्रद सेयर भर्नेलाई भने बोनस सेयर नदिने भएको छ । 
 
आइतबार नेप्सेले दिएको सूचना अनुसार बै‌कको समायोजित मूल्य ४ सय ५२ रूपैयाँ तोकिएको छ । ५० प्रतिशत हकप्रदलाई समेत हिसाब गरेर नेप्सेले बोनस सेयर जम्मा १३।८३३ प्रतिशत हुने उल्लेख गरेको छ ।
 
 ५० प्रतिशत हकप्रद सेयर जारी गर्नुभन्दा अघिको बोनस सेयर चाहिँ २०।७५ प्रतिशत हुने नेप्सेको सूचनामा उल्लेख छ । हाल माछापुच्छ्रे बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरिरहेको छ । मंसिर १९ देखि पुस २४ गतेसम्म हकप्रद सेयर भर्ने म्याद छ । 
 
माछाले कात्तिक १२ मै ५० प्रतिशत हकप्रद सेयरका लागि बुक क्लोज गरिसकेको हो । साधारण सभा प्रयोजनका लागि बै‌कले बुक क्लोज गरी आइतबार फेरि समायोजित मूल्य तोकेको छ । यो सूचना सार्वजनिक हुने बित्तिकै बजारमा सर्वसाधरण लगानीकर्ता अन्योलमा परेका छन् । बै‌कले कति प्रतिशत बोनस सेयर हुने अनि हकप्रद भरेकाले बोनस सेयर पाउने कि नपाउने भन्ने व्यापक दुविधा देखिएको छ । 
 
माछापुच्छ्रे बैंकका  कम्पनी सचिव टीका भट्टराईले ५० प्रतिशत हकप्रद सेयर भर्नेले बोनस सेयर नपाउने बताए । 
 
माछापुच्छ्रेले  गत वर्षको कमाईबाट असार मसान्तसम्म कायम चुक्ता पुँजीलाई आधार मानेर २०।७५ प्रतिशत बोनस सेयर दिएको कम्पनी सचिव भट्टराईले बताए । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ