arrow

एसीसी यु–१९ एसिया कप : समूहकाे अन्तिम खेलमा नेपाल विजयी, मलेसिया १ विकेटले पराजित

सहभागिताकाे सुखद अन्त्य

logo
प्रकाशित २०७३ पुष ३ आइतबार
nepal-vs-sr-u-19.jpeg
काठमाडौं। श्रीलंकामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ।  दुवै टोली समूह चरणबाटै बाहिरिइसकेको अवस्थामा यो खेललाई प्रतिष्ठाको रुपमा हेरिएको थियाे । याे खेलमा पनि नेपालले जित हािसल गर्न निकै संघर्ष गर्नु परेको थियो। 
 
टस जितेर फिल्डिङ रोजेको  नेपाली बलिङसामु  मलेसियाका कप्तान विरन्दीप सिंह बाहेक अन्य ब्याट्सम्यानहरू खुलेर खेल्न सकेनन् । मलेसियाले ४४ ओभर ४ बलमा १ सय ५३ रन जम्मा गर्‍याे । उसका लागि विरन्दीप सिंहले  ७५ रनको योगदान गरे  । नेपालका लागि आदिल खानले ३ ,सन्दीप लामिछाने तथा दिपेन्द्र सिंहले समान २-२ विकेट लिए।
 
१ सय ५४ रनको चुनाैती पछ्याएकाे नेपालले समान ४४ ओभर ४ बलमा १ सय ५४ रन बनाउदै जित हासिल गरेकाे हाे । नेपाली इनिङको सुरुवाती राम्रो हुन सकेन । सुरुवाती ब्याट्सम्यान लगातार गुमाएको नेपाल केही समय दबाबमा अायाे । नेपालका लागि अविनाश कर्णले  २९,  दिपेन्द्र ऐरीले २२, अनिल शाहले ३२ तथा पवन शर्राफले अविजित २९ रन जाेडे । मलेसियाका लागि विरन्दीप सिंहले ३ तथा मुह्हमद अमिर, हाफिज  तथा  शैद अजिजले २-२ विकेट लिए । 
 
जितसँगै नेपालले सहभागिताकाे सुखद अन्त्य गरेको छ । समूह चरणका दुई  खेलमा उत्कृष्ट प्रदर्शन गर्दागर्दै पराजयको सामना गरेकाे नेपाल श्रीलंकासँग १ रन तथा भारतसँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकासँगकाे खेल जित नजिक पुगेर पनि नेपालले गुमाएकाे थियाे । चार टोली रहेको समूहमा नेपाल ४ अंक बटुल्दै तेस्रो स्थानमा रहँदा मलेसिया अंकविहिन रहयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ