arrow

न्यायाधीश नियुक्ति समावेशी र समानुपातिक तरिकाले : प्रधान न्यायाधीश कार्की

logo
प्रकाशित २०७३ पुष ३ आइतबार
sushila-karki.jpg.jpeg
काठमाडौँ । प्रधान न्यायाधीश सुशीला कार्कीले न्यायाधीश नियुक्ति गर्दा नवीन सोच राखी समानुपातिक र समावेशी तरिकाले गर्ने बताएकी छन् । 
 
न्याय परिषद्को २६औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजना गरिएको ‘न्याय परिषद् बुलेटिन’ सार्वजनिक गर्ने कार्यक्रममा उनले नवीनतम सोचका साथ समावेशी तरिकाले न्यायाधीश नियुक्ति गर्ने बताइन् । 
 
प्रधान न्यायाधीश कार्कीले विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै परिषद्लाई आएका सकारात्मक टिप्पणीलाई ग्रहण गर्न अग्रसर रहेको उल्लेख गरिन् । 
 
सबैलाई न्यायमा पहुँच पुर्‍याउनका लागि न्याय परिषद् दिवसले थप जिम्मेवारी र क्रियाशील बनाउने विश्वास पनि उनले व्यक्त गरिन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ