arrow

सभामुखले डाकेको बैठकमा तीन दलका शीर्ष नेता आमुन्ने–सामुन्ने हुँदै

संसद बैठक अघि सत्ताधारीको १ विपक्षीका ३ बैठक

logo
प्रकाशित २०७३ पुष ३ आइतबार
tin-dalka-neta-news-aa.jpeg

काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकले धमिलिएको राजनीतिक वातावरण सुधार गर्न सभामुख ओनसरी घर्तीले फेरि एक पटक कसरत गर्ने भएकी छन् ।

सभामुख घर्तीले सोमबार दिउँसो बस्ने संसद बैठक अघि सदनको अवरोध खोल्ने र सदनको छलफलका एजेण्डाबारे प्रमुख तीन दलका शीर्ष नेता र संसदीय दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेकी हुन् ।

विहान ११ बजे सभामुखले शीर्ष नेता र प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएको सभामुख घर्तीका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए ।

शर्माका अनुसार सदन खोल्ने र विधेयक टेबुल गर्ने विषयमा परामर्श हुनेछ । सोमबार संसद चले महाभियोग प्रस्तावमाथिको छलफलसँगै संविधान संशोधन विधेयक र निर्वाचन सम्बन्धि विधेयक पेश गर्ने तयारी रहेको शर्माले बताए ।

सदन खोल्न भन्दै सत्ताधारीले निर्वाचन विधेयक पहिले पेश गर्ने तयारी गरेको बुझिएको छ । राजनीतिक सहमति लगायत विभिन्न विषयमा छलफल हुने र सहमति नजुटे संसदीय पक्रिया अनुसार अघि बढ्ने तथा विधेयकहरु टेबल हुने शर्माले जानकारी दिए ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले आफुहरुलाई सभामुखले राजनीतिक सहमतिकै लागि बोलाएको र सहमति जुटे सदन खुल्ने बताएका छन् ।

ढकालले हाम्राकुरासँग भने, ‘सभामुखले पहिले देखि नै सहमति जुटाएर अघि बढ्ने भन्नु भएको थियो । हामीले पनि केही दिन अघि सहमतिका लागि पहल गर्न सुझाव दिएका थियौं । सोही अनुरुप उहाँले राजनीतिक तिक्तताको समाधान खोज्ने प्रयास गर्नु भएको हो ।’ सहमति नजुटे हाम्रो आन्दोलन यथावत रहन्छ ।

विपक्षी ८ दलको संयुक्त बैठक
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव अघि बढाउने निष्कर्ष निकालेपछि विपक्षीहरुको मोर्चाले त्यसको प्रतिवादका लागि रणनीति बनाउन बिहान् ९ बजे छलफल गर्दै छ ।

प्रमुख विपक्षी एमालेसहित ८ दलको मोर्चाको बैठकले सरकारको कदमविरुद्ध के गर्ने भन्ने विषयमा छलफल गर्ने एमाले प्रमुख सचेतक ढकालले बताए । सत्ताधारी काँग्रेस–माओवादीले शनिबार मधेसी मोर्चाका नेताहरुसँगको बैठकमा संविधान संशोधन विधेयक फिर्ता नलिने र स्थगित पनि नगर्ने भनेपछि विपक्षीहरु विधेयक असफल पार्ने रणनीतिका लागि परामर्शमा छन् ।

एमाले संसदीय दलको बैठक
दिउँसो बस्ने संसद बैठक अघि मध्यान्ह १२ बजे एमाले संसदीय दलको बैठक समेत बस्दै छ । बैठकमा संसद र बाहिर भइरको विरोध तथा सरकारी गतिविधिबारे समीक्षा हुने बताइएको छ । यस्तै, सरकारले संशोधन विधेयक फिर्ता नलिए र विधेयक टेबल गरे के गर्ने भन्ने सन्दर्भमा समेत छलफल हुने प्रमुख सचेतक ढकालले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ