arrow

म्यानचेष्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा

आर्सनल मध्यान्तरसम्म अग्रता लिएर पनि चुक्यो

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
man-city.jpeg
इत्तिहाद स्टेडियम । म्याचेष्टर सिटी इङलिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा पुग्न सफल भएको छ । कठिन प्रतिद्धन्द्धी आर्सनलमाथि घरेलु मैदानमा इत्तिहाद स्टेडियममा २–१ को विजयी नतिजा निकाल्दै म्यानचेष्टर सिटी दोस्रो स्थानमा पुगेको हो । 
 
The game got off to a physical start with Walcott bundling over De Bruyne by the corner flag, though no foul was given
मध्यान्तरसम्म १–० ले पछि परेको स्थितिलाई उल्टाउँदै सिटीले खेल जितेको हो । खेलको पाँच मिनेटमै थियो वाल्कोटको गोलबाट आर्सनलले प्रारम्भिक अग्रता बनायो । यो अग्रता ४७ औं मिनेटसम्म कायम रह्यो । तर ४७ औं मिनेटमा लेरो सेनले गोल गर्दै बराबरीमा ल्याए । 
 
७१ औं मिनेटमा रहीम स्टर्लिङले गोल गर्दै म्यानचेष्टर सिटीलाई जिताए । 
 
The England star wheels away with Kevin de Bruyne in hot pursuit after scoring City's vital second goal against the Gunners
लिगको अर्को खेलमा टोटनह्याम हट्सपरले बर्नलीलाई आफ्नै मैदानमा २–१ ले हरायो । यो खेलमा पनि बर्नलीले पहिले अग्रता लियो । तर त्यसपछि टोटनह्यामले लगातार दुई गोल गर्न सफल भयो । 
 
The City star blows a kiss to the crowd after giving them an early Christmas present with his second-half goal
 
तेस्रो खेलमा साउथह्याम्पनले बर्नमाउथलाई उसकै मैदानमा ‘माउथ’ बन्द गर्न सफल भएको छ । खेल साउथह्याम्पटनले ३–१ ले जित्यो । 
 
Pep Guardiola embraces Yaya Toure as the City players celebrate their win over Arsenal after the final whistle
 
लिगमा ४३ अंकसहित चेल्सी शीर्ष स्थानमा विराजमानै छ । ३६ अंकबाट म्यानचेष्टर सिटी दोस्रो, एक खेल कम खेलेको लिभरपुल ३४ अंकबाट तेस्रो, ३४ अंकबाटै आर्सनल चौथो, ३३ अंकबाट टोटनह्याम पाँचौं र ३० अंकबाट म्यानचेष्टर युनाइटेड छैटौं स्थानमा छ । 
 
Pre-match the City players paid tribute Ilkay Gundogan following the news the midfielder will miss the rest of the season
 
१७ औं चरणको अन्तिम खेलमा सोमबार राति १ः४५ बजे एभर्टन र लिभरपुल एभर्टनको मैदानमा भिड्दै छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ