arrow

दुई तोलाको सिक्री जाँडमा सितन बनाएर निलेपछि !

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
gold.jpeg
काठमाडौं । लुटेको सुन लुकाउन जाँडसँगै निलेका एक ‘लुटेरा’ अस्पतालमा जीवनमरणको दोसाँधमा छन् । काठमाडौंमा केही दिनअघि भएको लुटपाट घटनाका आरोपीले प्रमाण लुकाउन खोज्दा ज्यान जोखिममा परेको हो । 
 
प्रहरी फन्दामा परेका ती लुटेरा अहिले वीर अस्पताल भर्ना गरिएका छन् ।
 
घटनाको प्रमाण र आरोपीको प्राण जोगाउन अहिले प्रहरी आरोपीको स्याहारसुसारमा खटिइरहेको छ ।
 
प्रहरीका अनुसार कीर्तिपुर घर भई हल्चोक बस्ते सुमन महर्जनले लुटेको दुई तोलाको सुनको सिक्री निलेका थिए । 
 
महानगरीय प्रहरी बृत्त, स्वयंभूका अनुसार मंसिर १८ गते राति भएको लुटपाट घटनामा संलग्न आरोपमा पक्राउ परेका महर्जनले शुक्रबार राति जाँडको सितन बनाएर दुई तोला सुनको सिक्री निलेका थिए । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ