arrow

यमनमा आइएसको आत्मघाती हमलामा ४८ सैनिकको मृत्यु

८४ बढी सैनिक घाइते, धेरैको अवस्था गम्भीर

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
yaman.jpeg
एडेन । यमनको दक्षिणी सहर एडेनमा तलव बुझ्न सैनिक आधार शिविरमा जम्मा भएको सुरक्षाकर्मीकोे एक समूहलाई लक्षित गरी गराइएको आत्मघाती बम हमलामा परी ४८ सैनिकको मृत्यु भएको छ । अल एरिस जिल्लामा अवस्थित अल सव्लाबा शिविरमा जम्मा भएका सैनिकहरूको बीचमा घुसेर इस्लामिक स्टेट आइएसले गराएको आत्मघाती विस्फोटमा ८४ बढी सैनिक घाइते भएका छन् । 
 
घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । 
 
एडेनमै एक हप्ताअघि आइएसको जिहादी समूहले जिम्मा लिएको आत्मघाती आक्रमणमा ४८ जनाको मृत्यु हुनुको साथै अन्य २९ जना घाइते भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ