arrow

टेष्ट क्रिकेट: विजयको नजिक पुगेको पाकिस्तान अष्ट्रेलियासँग पराजित

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
Pak_Aus_Test.jpeg
काठमाडौं। अष्ट्रेलिया बिरुद्धको पहिलो टेष्ट क्रिकेटमा पाकिस्तान बिजयको नजिक पुगेर ३९ रनले पराजित भएको छ। आफ्नो दोस्रो पारीमा ४९० रनको बिजय लक्ष्य पच्छ्याएको पाकिस्तान ४५०मा अल आउट भएको हो। 
 
४९० रनको बिजय लक्ष्य पच्छ्याउने क्रममा पाकिस्तानका असद शाफिकले १३७ रन बनाएका थिए। उनले ७औं विेकटकालागि मोहम्मद आमिरसँग ९२ रनको साझेदारी गरेका थिए जस्मा आमिरले ४ रनको योगदान गरेका थिए। 
 
त्यसैगरि ८औं विेकटकालागि वाहाब रियाजसँग ६६ रनको साझेदारी गर्दा रियाजले ३० रन बनाएाक थिए। ९औं विकेटकालागि याशिर शाहले ३३ रन बानउँदा ७१ रनको साझेदारी भएको थियो। राम्रो साझेदारी गरेता पनि अन्तिम अवस्थामा सम्हालिन नसक्दा पाकिस्तानले पराजय भोग्नु परेको हो। 
 
दोस्रो पारीमा अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिएका थिए भने ज्याक्सन बर्डले ३ विकेट हात पारेका थिए। 
 
टस जितेर पहिले ब्याटीङ गरेको अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा ४२९ रन बनाएको थियो। उसकालागि कप्तान स्टिव स्मिथले १३० र पिटर ह्याण्ड्सकम्बले १०५ रन बनाएका थिए। पाकिस्तानका मोहम्मद आमिर र वाहाब रियाजले ४-४ विेकट लिएका थिए। 
 
जवाफमा ब्याटीङ गर्न ओर्लेको पाकिस्तान १४२ रनमा समेटिएको थियो। उसकालागि सर्फराज अहमदले ५९ रन बनाएका थिए। अष्ट्रेलियाका मिचेल स्टार्क, जोस हेजलवुड र ज्याक्सन बर्डले ३-३ विकेट हात पारेका थिए। 
 
आफ्नो दोस्रो पारी अष्ट्रेलियाले २०२ रनमा घोषित गरेको थियो। उसकालागि उसमान ख्वाजाले ७४ र स्टिव स्मिथले ६३ रन बनाएका थिए। पाकिस्तानकालागि राहत अलीले २ विकेट लिएका थिए। 
 
दोस्रो पारीमा पाकिस्तानलाई जितको नजिक पुर्‍याउने असद सफिक प्लेयर अफ म्याच घोषित भएका थिए। अष्ट्रेलियाले ३ टेष्टको श्रृखंलामा १-०को बढत लिएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ