arrow

अन्ततः बर्खास्त भए प्राधिकरणका तीन सञ्चालक

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
NEA-headoffice-Bulding.jpeg

काठमाडौं । उर्जा मन्त्रालयले प्राधिकरणको हित विपरित काम गरेको आरोपमा तीन जना सञ्चालकहलाई बर्खास्त गरेको छ । मन्त्रालयको गत मंसिर ३० गतेको निर्णयबाट उनीहरुलाई बर्खास्त गरिएको मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्तले जानकारी दिए । उनीहरुलाई मन्त्रालयबाट आईतबार पत्र पठाईएको हो ।  

सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेको आरोपमा उर्जाले यस अघि स्पष्टिकरण पनि सोधेको थियो । तर स्पष्टिकरणमा चित्त बुझ्दो जवाफ नदिएको आरोप मन्त्रालयको छ ।

कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालकहरु अग्रवाल, मिश्र र लामिछानेले अवरोध गरेको आरोप यस अघि पनि लागेको थियो । उनीहरुलाई स्पष्टिकरणको लागि भनेर पत्र पठाउँदा पनि पत्र नबुझेको भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर नै स्पष्टिकरणको लागि बोलाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ